इलेक्ट्रीक ट्रक उत्पादनमा बीवाडीको इन्ट्री, लाइफस्टायल पिकअप ट्रक ल्याउँदै

काठमाडौं । ४ वर्ष अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लाले पहिलो पिकअप ट्रकको प्रोटोटाइप सार्वजनिक गरेसँगै विभिन्न कम्पनीहरू इलेक्ट्रीक पिकअप ट्रक बनाउने दौडमा लागेका थिए ।

अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले यस अघिनै एफ-१५० लाइटनिङ मोडलमा इलेक्ट्रीक पिकअप बिक्री सुरू गरिसकेको छ भने अन्य कम्पनीहरूले पनि निर्माण गरिरहेका छन् ।

यसैबीच, चिनियाँ अटोमोबाइल कम्पनीले पनि इलेक्ट्रीक पिकअप उत्पादनमा हात हालेका छन् । हालै प्राप्त जानकारीका अनुसार चीनको उदयमान न्यू इनर्जी अटोमोबाइल कम्पनी बीवाइडीले पनि इलेक्ट्रीक पिकअप विकास गरिरहेको छ । चीनमा धेरै कम्पनीहरूले लाइफस्टाइल सेग्मेन्टमा इलेक्ट्रीक पिकअप ट्रकको परिक्षण गरिरहेका छन् ।

बीवाइडीले परीक्षण गरिरहेको पिकअप पनि लाइफस्टाइल सेग्मेन्टलाई टार्गेट गरी बनाइएको अनुमान गरिएको छ । बीवाइडीले बनाइरहेको पिकअप फुल्ली इलेक्ट्रीक तथा प्लगइन इलेक्ट्रीक भर्सनमा उपलब्द हुनेछ । यी पिकअपहरू रियर ह्वील तथा फोरह्विल ड्राइभ दुवै अप्सनमा उपलब्द रहनेछ । पीएचईभीमा बीवाइडीको नयाँ डीएम आई हाइब्रिड टेक्नलोजीको प्रयोग हुनेछ ।

यो पिकअपको ड्यासबोर्ड बीचमा ठूलो साइजको टचस्क्रीनसहित टचस्क्रीन रहेको छ । बीवाइडीले बनाउँदै गरेको यो पहिलो पिकअप मोडल डबल क्याब मोडल हो जसमा ५ सिट रहनेछ । बक्सी डिजाइनको यो पिकअपको फ्रन्ट लुक्स स्पोटी देखिएको छ । लग्जरी सेग्मेन्टमा बिक्री हुने पिकअपमा पपअप ह्याण्डल रहेको छ । बीवाइडीले यसको ब्याट्री प्याक तथा इन्जिनको बारेमा आधिकारिक जानकारी दिएको छैन ।

परीक्षणको क्रममा रहेको यो पिकअप बीवाइडीले आगामी सेप्टेम्बरमा हुने छेन्दु अटोशोमा अनभिल गर्ने अनुमान गरिएको छ । यसको बिक्री भने यसै वर्षको अन्तिम क्वाटरबाट सुरू हुने बताइएको छ । विश्वको सबैभन्दा ठूलो पिकअप ट्रक बजार भने अमेरिका रहेका छ ।


Back_to_top