काठमाडौं । होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दैनिक १३३ रुपैयाँ किस्ता तिर्नेगरी मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा ‘होन्डा सिडी ११० ड्रिम’ मोटरसाइकल किन्न सकिन्छ ,
होन्डा सिडी ११० ड्रिम निकै किफायती मूल्यमा उपलब्ध मोटरसाइकल हो । स्याकार ट्रेडिङले यसलाई २ लाख ८ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ ।
होन्डाको ईको टेक्नोलोजीमा आधारीत यो मोटरसाइकलमा १०९ सीसी क्षमताको फोर स्टोक इन्जिन रहेको छ । यसलाई ग्राहकले विभिन्न ४ कलर भेरियन्टमा खरिद गर्न सक्ने छन् ।
निकै लामो सिट रहेको यो मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि आरामदायी यात्रा गर्न सक्ने छन् । सेल्फ र किक दुबै माध्यमबाट स्टार्ट गर्न सकिने यो मोटरसाइकल उत्कृष्ट माइलेजको लागि परिचित रहेको छ ।
यसमा रहेको इन्जिनले अधिकतम ७५०० आरपीएममा ८.२५ बीएच पावर र ५५०० आरपीएममा ८.६३ एनएम टर्क प्रदान गर्ने छ । यसमा ८ लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको छ ।
मोटरसाइकमा ४ स्पीड गियरबक्स रहेको छ भने उच्चगति क्षमता ८६ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।
डायमण्ड फ्रेममा तयार भएको हो मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्शन दिइएको छ ।
१७९ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलको लम्बाई २००९ एमएम, चौडाई ७३७ एमएम, उचाई १०७४ एमएम र ह्वील वेस १२५८ एमएम रहेको छ ।


