टारोका मोटरसाइकल तथा स्कुटर किन्दा ‘माउन्टेन फ्लाइट’

काठमाडौं । इटालीयन मोटरसाइकल ब्रान्ड टारोले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘टारोसँग माउन्ेटन फ्रलाइट’ नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो ।

नेपालमा टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरकाको आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै नयाँ अफर ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा हरेक टारो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले माउन्टेन फ्लाइटको सुविधा उपलब्ध गराउनेृ जनाएको छ । त्यस्तै हरेक खरिदमा फुल इन्स्योरेन्स र हेल्मेटसमेत निशुल्क प्राप्त गर्नेछन ।

हाल कम्पनीले टारो ब्रान्डका जीपी २ २००, जीपी १ २५० र जीपी १ ४०० गरी तीन मोडलका बाइक नेपाली वजारमा बिक्री-वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला १५० र एलेक्स १ टी९ १५० ईएफआई उपलब्ध गराउँदै आएको छ ।

यी बाइकको मूल्य क्रमशः ५ लाख ५५ हजार, ६ लाख ७० हजार र ९ लाख ५० हजार रुपैयाँ छ भने स्कुटरको मूल्य क्रमशः ३ लाख ५५ हजार र ३ लाख ९५ हजार रुपैयाँ छ ।

टारोको हाल नक्साल, टेकु, धोबिघाट, हेटौंडा, इटहरी र पोखरा गरी ६ शरहरुमा शोरुम रहेको छ ।


Back_to_top