काठमाडौंबाट बोधगया बस सेवा सुरु, अनलाईन टिकट काट्न सकिने

काठमाडौं । काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सुरु भएको छ।

बिहार राज्यपथ परिवहन निगम र स्वयम्भूको मञ्जुश्री यातायातको सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन आएको हो । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा बससेवाको शुभारम्भ गरे । जनकपुरदेखि पटनाका आइतबारदेखि सिधा बससेवा सुरू हुनेछ ।

यो बसको टिकट बससेवा तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्ने कम्पनीले जनायो । निकटभविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिने कम्पनीले जनायो ।


Back_to_top