काठमाडौं । टाटा मोटर्सले नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको एक वर्षपछि डार्क एडिसन ल्याएको छ । कम्पनीले १९ लाख ४ हजार भारतीय रुपैयाँ (एक्स–शोरुम) मूल्य निर्धारण गरेर डार्क एडिसन ल्याएको हो ।
टाटा नेक्सन ईभी म्याक्स डार्क एडिसन माइनस एक्सजेड प्लस लक्स र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्स चाँडै नेपालमा पनि विक्री सुरु गर्दैछ ।
टाटा नेक्सन म्याक्स ईभीको इन्टेरियरमा केही नयाँ फिचर्स थप गरिएको छ । यसमा १०.२५ इन्चको नयाँ टच स्क्रृन दिइएको छ । साथै, इन्टिग्रेटेड भ्वाइस असिस्टेन्ट, नयाँ रिभर्स क्यामेरा दिइएको ।
कम्पनीले यसको इन्टेरियरमा स्पेशल ईभी डिस्प्ले थीम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभीटी, विभिन्न ६ वटा भाषा बुझ्ने इन्टिग्रेटेड भ्वाइस कमाण्ड दिएको छ ।
यसमा अन्य डार्क एडिसनमा झैँ अल–ब्ल्याक इन्टेरियर दिइएको छ । यसको सिटमा ब्लु स्टिचिङ सहितको ब्ल्याक कलर फिनिसिङले जो कोहीलाई लोभ्याउने छ ।
नयाँ ईभीमा रहेको प्रमुख फिचर भने सनरुफ, एक्युआइ डिस्प्ले सहितको एयर प्युरीफायर, क्रुज कन्ट्रोल, वायरलेस स्मार्टफोन चार्जर, रियर एयर कन्डिसनीङ भेन्ट्स छन् ।
यसमा अन्य फिचर्स भने रेगुलर टाटा नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लग्जरी भेरियन्टको समान छ । यसमा रहेको ७ इन्चको एमआइडी सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पनि समान पाउन सकिन्छ ।
कम्पनीका अनुसार यसमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले १४३ एचपी र २५० एनएम टर्क जेनेरेट गर्छ । एआरएआइका अनुसार यसले सिङ्गल चार्जमा ४५३ किलोमिटर रेन्ज पाउन सकिन्छ । यो ईभीलाई सिटी, इको र सपोर्ट ड्राइभ मोडमा चलाउन सकिन्छ ।
नेक्सन ईभी म्याक्स डार्क एडिसनमा दुईवटा चार्जर अप्सन दिइएको छ । यसमा रहेको ३.३ किलोवाटको चार्जरले १५ घण्टामा १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अर्को ७.२ किलोवाटको चार्जरले शुन्य देखि १०० प्रतिशत ६.५ घण्टामा चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
नेक्सन ईभी म्याक्स डार्क एडिसनले ५० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । यसबाट ५६ मिनेटमा नै शुन्य देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

