‘बजाज-ट्राइम्फ’को नयाँ मोटरसाइकल आउँदै, यस्ता हुनेछन् फिचर

काठमाडौं । बजाज अटोले ट्राइम्फ मोटरसाइकलको भारतीय बजारमा सेल्स तथा सर्र्भिसको सबै काम लिएसँगै नयाँ मोटरसाइकल आउने चर्चा बढेको छ । बजाजले ट्राइम्फसँगको सहकार्यमा भारतमा ट्राइम्फ मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

योसँगै बजाज ट्राइम्फको २५० देखि ४०० सीसी क्षमताका मोटरसाइकल चाँडै बजारमा आउने अनुमान गरिएको छ ।

पछिल्लो समय बजाजले बजाज-ट्राइम्फ स्क्रयाम्वलर मोटरसाइकल परिक्षण गरिरहेको छ । अहिले परिक्षण भइरहेको मोटरसाइकल चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट बाहिर आएका छन् ।

कम्पनीले पहिलो चरणमा बजाज-ट्राइम्फ स्क्रयामलर तथा रोडस्टार मोटरसाइकल ल्याउने तयारी थालेको हो । योसँगै बजारमा आउने पहिलो मोडल बजाज-ट्राइम्फ ४०० हुने अनुमान गर्न सकिन्छ । उक्त मोटरसाइकलमा राउण्ड एलइी हेडल्याम्प, क्लासीक फ्यूल ट्याङ्क, यूएसडी फर्क, मोनोशक सस्पेन्सन, अलोय ह्वील, ब्ल्याक आउट इन्जिन वे जस्ता फिचर समावेश हुनेछन् ।

त्यस्तै परिक्षणमा देखिएको मोटरसाइकलको तस्विर अनुसार यसमा डबल ब्यारल एक्जष्ट, डिस्क ब्रेक तथा एबीएस हुनेछ ।

बजाज-ट्राइम्फले ल्याउने ३५०-४५० सीसी इन्जिनले ४० हर्षपावर तथा २५० सीसी इन्जिनले ३० हर्षपावर जेनेरेट गर्नेछन् । यसमा स्लीपर क्लच, लिक्विड कुलिङ सिस्टम, राइड वाइ वायर, क्वीक सिफ्टर जस्ता प्रिमियम फिचर प्रयोग हुनेछन् ।

बजाज-ट्राइम्फका मोटरसाइकल २ लाखदेखि ३ लाख रुपैयाँसम्मका हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top