प्युजो र सिट्रोनका गाडी किन्न नबिल बैंकले ऋण दिने

काठमाडौं । प्युजो र सिट्रोन आधिकारिक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरु किन्न नबिल बैंकले कर्जा दिने भएको छ ।

बैंक र सांग्रीला मोटोर्स बीच व्यवसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सुलभ ब्याजदरमा छिटो, छरितो र सहजै कर्जा लिन सक्नेछन् ।

यो सुविधा सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडका आधिकारिक विक्रेता र नबिल बैंकका सबै शाखाहरूबाट उपलब्ध हुनेछ ।


Back_to_top