काठमाडौं । टीभीएस मोटर्सले अपाचे सिरिजको सबैभन्दा ठूलो भर्सन ल्याउने भएको छ । हालै मात्र सार्वजनिक एक मिडिया रिपोर्टका अनुसार कम्पनीले केही महिना भित्रै अपाचे आरटीआर ३१० भित्र्याउने तयारी गरेको हो ।
कम्पनीले गत वर्ष नै अपाचे आरआर ३१० को नेकेड भर्सनको टीभीसी (टेलिभिजन कमर्सियल) सुटिङ गरिरहेको तस्वीर बाहिर आएको थियो ।
बीएमडब्ल्यू र टीभीएसको सहकार्यमा कम्पनीले बीएमडब्ल्यूको नेकेड तथा एड्भेन्चर मोडल तयार पारेको थियो भने टीभीएसको लागि फियर्ड मोटरसाइकल उत्पादन गरेको थियो । अब भने कम्पनीले नेकेड भर्सन समेत टीभीएस ब्राण्ड नेममा ल्याउने भएको हो ।
यो मोटरसाइकलमा धेरै जसो फिचर आरआर ३१० बाट लिइने छ भने, यसका मूल्य भने आरआर ३१० भन्दा कम हुनेछ ।
कम्पनीले यसमा थप फिचरको रूपमा स्मार्ट कनेक्ट फिचर दिनेछ भने यसको च्याचिस, इन्जिन, टायरजस्ता अन्य धेरै कम्पोनेन्ट जी ३१० आरबाट लिनेछ ।
यसमा पुरानै ३१२ सीसी सिंगल सिलिन्डर ४ भल्भ इन्जिन रहेने छ भने, यो इन्जिनले ३३.५ बीएस पावर तथा २७.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सलाई निरन्तरता दिइनेछ ।
टीभीएस आपचे आरआर ३१० को नेकेड भर्सनमा डिस्कब्रेक, डबल च्यानल एबीएस, स्लीपर क्लच, यूएसडी फर्क, एडजष्ट एबल ब्रेक/क्लच लिभर जस्ता फिचर रहने छ ।


