हिरो मोटोकर्पको भिडा स्कुटरले बनायो विश्व रेकर्ड, २४ घन्टामा गुड्यो १७८० किमि

काठमाडौं । हिरो मोटोकर्पको उत्पादन भिडा इलेक्ट्रीक स्कुटरले वल्र्ड रेकर्ड बनाएको छ । हिरो भिडा भी १ ले २४ घन्टामा १७८० किलोमिटर यात्रा गरेर वर्ल्ड रेकर्ड बनाएको हो ।

हिरो मोटोकर्पले र अटोकार इन्डियाको सहकार्यमा यो वल्र्ड रेकर्ड बनाएको हो ।
यो यात्रामा ६ जना चालक सहभागी रहेको बताइएको छ । तीनजना अटोकार इन्डियाका प्रतिनिधि र ३ जना हिरो मोटोकर्पक प्रतिनिधि मिलेर यो दुरी पार गरेका हुन् ।

यात्राभर २४ घन्टाको दौरानमा स्कुटरलाई ब्याट्री परिर्वतनका लागि मात्र रोकिएको थियो । यो राइडमा हिरो भिडाको औषत रफ्तार ७४ .१६ किलोमिटर प्रतिघन्टा थियो ।

यसभन्दा अघि एक यूरोपियन कम्पनीले २४ घन्टामा ३५० किलोमिटर गुडाएर वर्ल्ड रेकर्ड बनाएको थियो ।

अटोकार तथा हिरो मोटोकर्पले यसको बारेमा अन्य जानकारी केही दिनमा बाहिर ल्याउने जनाएको छ ।


Back_to_top