आफ्ना माग पूरानभए महासंघले दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले सोमबार राती १२ बजेदेखि लागु हुने गरि गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ । 

महासंघले आज एक विज्ञप्ति जारी गर्दै भदौ ३१ गते सरकार र महासंघबीच सहमति हुँदाको मूल्यमा दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भनिएको हो । तर सरकारले सोमबार रातीदेखि लागु हुन गरे पेट्रोलियम पदार्थको मूल्य बढाएकाले अग्रिम बुकिङ खोल्न नसकिने जनाएको हो । मूल्य वृद्धि फिर्ताका लागि महासंघले सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।


Back_to_top