काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीले युआन-प्रो इलेक्ट्रीक कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । यसअघि २०२१ मार्चमा बजारमा ल्याएको युआन प्रोको परिस्कृत मोडलको रुपमा युआन-प्रो २०२३ चिनियाँ बजारमा आएको हो ।
चिनियाँ बजारमा सरकारले अनुदान दिएको कारण युआन प्रो निकै आकर्षक मूल्यमा बिक्री हुँदै आएको छ । कम्पनीले यसलाई तीन भेरियन्टमा ल्याएको हो । यी मोडलको मूल्य १३ हजार ५०० अमेरिकी डलरबाट सुरु गरिएको छ । यसअघिको भर्सनको तुलनामा नयाँ भर्सन १२ सय डलरले मूल्य घटाइएको हो ।
युआन प्रो एसयूभीको लम्बाई ४३७५ एमएम, चौडाई १७८५ एमएम र उचाई १६८० एमएम छ । यसमा २५३५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । बीवाइडीको ड्रागन फेस ३.० डिजाइन ल्याङ्गवेजमा बनेको युआन प्रोमा ७० किलोवाटको मोटर छ । यसको टर्क भने १८० एनएम छ ।
बीवाइडीको लिथियम आयोन फस्फेट ब्याट्री रहेको युआन प्रोमा ३८ किलोवाट आव र ४७ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको रेन्ज ३२० किलोमिटर देखि ४ सय किलोमिटर रहेको सिएलटीसीले प्रमाणित गरेको छ ।
डिसी फास्ट चार्जर सपोर्ट गर्ने युआन प्रोलाई ३० बाट ८० प्रतिशत ३० मिनेटमा पुर्याउन सकिन्छ ।


