काठमाडौं । युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई बढावा दिँदै आएको टीभीएसले अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको सम्पन्न गरेको छ ।
‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्री सम्म पुग्ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो । राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो ।
फागुन ११ गते काठमाडौँ बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाएका थिए ।
७००० किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापाको अनुभव
‘७००० किलोमिटर लामो यात्रा गर्न सहज थिएन । यात्रा शारिरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो । २२ दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ । नेपाल र भारतको फरक भुगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो । यसै यात्रा मार्फत नेपाल भारत र बङ्गलादेशका राइडरसँग चिनजान पनि बढ्यो । टीभीएसले मलाई नयाँ सम्बन्धहरु गाँस्न सघाएको छ । यस यात्रा भन्दा पहिले म सोच्थेँ कि २०० सिसिको बाइकमा यति लामो यात्रा असम्भव छ तर त्यो असम्भवलाई यस यात्रा र मेरो टीभीएस २०० ले सम्भव बनाइदियो ।
यात्राकै क्रममा भारतको गोवा मा भएको टिभिएस मोटो सोल जस्तो भव्य कार्यक्रम पनि हेर्न मौका पाए जहाँ बाइक स्टन्ट लगायत अन्य अरु बाइकिङका कार्यक्रम पनि भएका थिए । माइसोरमा रहेको टीभीएस फ्याक्ट्रीको भ्रमण झनै यादगार थियो । आफुले चढ्ने बाइक कसरी र के प्रविधिको प्रयोगबाट बन्छ भनेर हेर्न पाउँदा अनि सन् १९८२ देखिको इतिहास बोकेको टीभीएसलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै खुसी लागेको छ । म टीभीएस नेपाल टीभीएस भारत र टीभीएस बङ्लादेशलाई यो अवसर जुराइदिएकोमा बिशेष धन्यवाद दिन चाहन्छु ।
मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो ।


