आगामी मंगलबार बीवाइडीको प्रिमियम एसयूभी सार्वजनिक हुने

काठमाडौं । बीवाइडीको मुख्य लगानी भएको प्रिमियम ब्राण्ड डेन्जाले आगामी (मंगलबार) जुलाई ३ तारिखमा नयाँ एसयूभी सार्वजनिक हुने भएको छ । डेन्जा ब्राण्ड नेममा आउन लागेको एन-७ एसयूभी परम्परागत एसयूभी चड्न मन पराउने ग्राहकलाई लक्षित गरेर ल्याउन लागेको हो ।

सन् २०११ मा स्थापना भएको डेन्जा ब्राण्डमा बीवाइडी र ड्याम्लरको ५०/५० प्रतिशत हिस्सेदारी रहेको थियो । पछि सन् २०२२ मा बीवाइडीले उक्त कम्पनीमा आफ्नो हिस्सेदारी ९० प्रतिशत पुर्याएको थियो ।

कम्पनीले यसको फिचरको विषयमा आधिकारीक जानकारी दिएको छैन । यसको लम्बाई ४८६० एमएम, चौडाई १९३५ एमएम, उचाई १६०२ एमएम र ह्वीलवेस २९४० एमएमको रहने छ ।

विभिन्न प्रकाशित रिपोर्टका अनुसार डेन्जा एन-७ एसयूभी २ वटा सिंगल मोटर र २ ड्यूल मोटर सेटअप गरी ४ फरक भर्सनमा लन्च हुने अनुमान गरिएको छ । यसको सिंगल मोटरले १६० किलोवाट तथा ड्यूल मोटरले २३० किलोवाट पावर प्रदान गर्नेछ ।

यसमा कुन साइजको कस्तो ब्याट्री दिइएको छ भन्ने कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि, यसले सिंगल मोटर भएको भर्सनले ७२० किलोमिटर रेन्ज दिने छ । त्यसपछि डबल मोटर भएको भर्सनले ६३० किलोमिटर रेन्ज प्रदान गर्न सक्छ ।

सन् २०२२ को अगस्टमा डेन्जा ब्राण्डमा डी-९ मोडलको एमपीभी लन्च भएको थियो । अब लन्च हुन लागेको एन-७ एसयूभी डेन्जा ब्राण्डको दोस्रो मोडल हो । जुन १३ मै २० हजार यूनिट बुकिङ भएको थियो ।

नयाँ एसयूभीमा सेल्फ पार्किङ सिस्टमसहित धेरै अत्याधुनिक फिचर रहने छन् । यसमा डेभिलेट साउण्ड सिस्टम, ६ वटा डिस्प्ले स्कृन रहने बताइएको छ । यसमा आई एडिसी इन्टलिजेन्ट ड्रिफ्ट कन्ट्रोल सिस्टमसमेत रहने छ ।


Back_to_top