काठमाडौं । भारतमा बिक्री सुरु भएको पहिलो महिनामै ७ हजार यूनिट बिक्री भएको हुन्डाई एक्सटरको ईभी भर्सन पनि परीक्षणमा देखिएको छ । कम्पनीले भारतमा बढ्दो ईभीको मागलाई मध्यनजर गर्दै एक्सटरको परीक्षण सुरु गरेको हो ।
हुन्डाईले आफ्नो नयाँ माइक्रो एसयूभी एक्टरलाई आगामी बर्षनै इलेक्ट्रीक पावर ट्रेनमा लन्च गर्ने तयारीको साथ परीक्षण सुरु गरेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।
भारतमा टाटा पन्च इलेक्ट्रीकमा आउने तयारीमा छ । साथै, सिट्रोनको ईसीथ्री समेत बजारमा बिक्री हुँदै आएको छ । यस्तोमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न हुन्डाई एक्सटर ल्याउने तयारी गरेको हो ।
एक्सटर इन्ट्री लेवल ईभीको रुपमा भारतमा उत्पादन हुने हुनेछ । कम्पनीले यस अघिनै प्रिमियम रेन्जमा कोरियामा बनेको आयोनीक–५ र कोना ईभी नेपालमा ल्याएर बिक्री वितरण गरिरहेका छ ।
भारतमा अहिले क्रेटा इलेक्ट्रीक पनि परीक्षण भइरहेको छ । एक्सटरमा ३० किलोवाट आवर हाराहारीको ब्याट्री प्याक रहने अनुमान गरिएको छ । कम्पनीले यसमा १०० किलोवाटभन्दा कम क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।
पेट्रोल भर्सनले बिक्री सुरु भएको पहिलो महिनामै राम्रो रेस्पोन्स पाएको कारण कम्पनीले यसको ईभी पनि परीक्षण सुरु गरेको हो । एक्सटर पेट्रोलमा सेग्मेन्टकै पहिलो भोइस इनएवल स्मार्ट इलेक्ट्रीक सनरुफ, डिउल क्यामरा सहितको ड्यासक्याम, प्याडल सिफ्टर, रियर एसी भेन्ट, फुटवेल लाइटिङ, वायरलेस फोन चार्जर, एलेक्सा भोइस कमाण्ड जस्ता फिचर उपलब्ध छन् ।
कम्पनीले सुरक्षाका लागि पनि एक्सटरमा सेग्मेन्ट फस्ट ६ वटा एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, डाइनामिक गाइड लाइनसहितको रियर भ्यू क्यामरा, इलेक्ट्रोनिक स्टेवीलीटी कन्ट्रोल र भेहिकल स्टेबिलीटी मेनेजमेन्ट जस्ता फिचर रहेको छ ।
इलेक्ट्रीक भर्सन अझै परिष्कृत भएर आउने अपेक्षा गरिएको छ । यसको विषयमा कम्पनीले आधिकारीक जानकारी भने दिएको छैन ।


