टीभीएसको एक्सचेन्ज मेलामा ५ लाखसम्मको अफर

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ आयोजना गरेको छ । कम्पनीले असोज १ गतेदेखि ६ गतेसम्म चल्नेगरी मेला आयोजना गरेको हो ।

यस मेलामा आउने ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ ।

यस मोलामा आएर पुरानो बाइक वा स्कुटरसँग टीभीएसका नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा बजार मुल्याङ्कन भन्दा १० हजार रुपैयाँ बढी मूल्य पाउने छन् । साथै, कम्पनीले ल्याएको चाडपर्व स्कमि ‘हर मोडमा उमंग’ योजनाका सबै सुविधा पाउने छन् ।

कम्पनीले ‘हर मोडमा उमंग’ स्कीममा नकिन्दै १ लाख र किन्दा नगद ५ लाख रुपैयाँसम्मको नगद छुट पाउने स्कीम चलाइ रहेको छ । साथै, हरेक महिना लक्की ड्रमार्फत शतप्रतिशत ‘क्याश ब्याक’ पनि पाउन सक्नेछन् । स्कीम अवधि भर मोटरसाइकल वा स्कुटर किन्ने एक भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा १० लाख रुपैयाँ नगद पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।

यस योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदर स्कीम पनि उपलब्ध छ ।

नयाँ मोटरसाइकल किन्ने ग्राहकले हेलमेट, बाइक कभर र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।


Back_to_top