काठमाडौं । भारतीय अटो निर्माता टाटाले आफ्नो तेस्रो इलेक्ट्रीक एसयूभी ह्यारीयरको परिक्षण सुरु गरेको छ । कम्पनीले २०२३ को सुरुवातमा नै कन्सेप्ट डिजाइन देखाएको ह्यारीयर ईभी अब भने सडक परिक्षणमा देखिएको हो ।
एसयूभीमा नेक्सन ईभी बिक्री गर्दै आएको टाटाले यहि महिना पन्च ईभी बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीको तेस्रो इलेक्ट्रीक एसयूभीको रुपमा ह्यारीयर उपलब्ध हुने अनुमान गरिएको छ ।
अर्को भारतीय ब्राण्ड महिन्द्राले निर्माण गरिरहेको ‘एक्सयूभी ई८’सँग सिधा प्रतिस्पर्धा हुने ह्यारीयर ईभीको बाहिरी आवरण कर्भ कन्सेप्ट एसयूभीबाट प्रभावित भएको देखिन्छ । केही दिन अघिमौ भारतमा बिक्री सुरु भएको नेक्सन फेसलिफ्ट पनि सोहि कन्सेप्टमा आधारित थियो ।
परिक्षणमा देखिएको ह्यारीयर ईभीमा होरिजेन्टल स्लट क्लोज ग्रिल देखिन्छ । एलईडी लाइट स्ट्रीपको साथमा एलइडी डिआरएल, एलइडी हेडल्याम्प र फ्रन्ट क्यामरा दिइएको छ ।
ड्यासबोर्ड र सेन्टर कन्सोल रिफ्रेस लुक्समा देखिन्छ । ह्यारीयर इलेक्ट्रीकको ड्यासबोर्डमा १२ इन्च भन्दा ठूलो साइजको टचस्कृन डिस्प्ले रहेने छ । साथै, कारमा इलेक्टीक पार्किङ ब्रेक सुविधा समेत रहनेछ ।
नेक्सन फेसलिफ्टमा जस्तै यसमा पनि टाटाको इलुमेनेटेड लोगोसहितको ‘टु स्पोक’ स्टेरिङ ह्वील रहेको छ । प्यानारोमिक सनरुफ, टचवेसको एचभीएसी कन्ट्रोल, ३६० डिग्री क्यामरा र एडास फिचर यसमा आउनेछ ।
अटोमेटिक क्लाइमेट कन्टोल, वायरलेस चार्जर, एयर प्यूरीफायर, एम्बीयन्ट लाइट, भेन्टीलेटेड तथा इलेक्ट्रीक पावर फ्रन्ट सिट आदि फिचर रहनेछ ।
ह्यारीयर ईभी ड्यूल मोटर सेटअप सहित अलह्वील ड्राइभको फिचर रहने छ । यसको रेन्जका बारेमा कम्पनीले केहि जानकारी दिएको छैन । यो ईभीमा ५० वा ६० किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । यसको रेन्ज ४०० देखि ५०० किलोमिटर रहने अनुमान गरिएको छ ।


