होन्डा स्कुटर किन्दा श्रेष्ठले पाए ५ लाख

काठमाडौं । चाडपर्व अफरमा होन्डाको ग्राजिया खरिद गरेका रामकुमार श्रेष्ठले नगद ५ लाख रुपैयाँ जितेका छन् । काठमाडौं महाराजगञ्ज शोरुमबाट ग्राजिया खरिद गरेको श्रेष्ठले स्क्रयाचमार्फत ५ लाख रुपैयाँ जितेका हुन् ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होन्डाको दुईपाँग्रे खरिदमा स्क्रयाचमार्फत १० लाखसम्म जित्न सकिने ‘दशैंमा १० लाख’ स्कीम ल्याएको थियो । उक्त अफर अन्तर्गत श्रेष्ठले ग्राजिया खरिद गर्दा ५ लाख जितेका हुन् ।

सोही स्कीममा ग्राहकले स्क्रयाचका अलावा अर्को स्क्रयाच वा ५ वर्षको वार्षिक मेन्टिनेन्स खर्चको स्कीम छनोट गर्न सक्नेछन् । साथै यो स्कीममा होन्डाका बिग बाइक किन्ने ग्राहकले १ लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, फाइनान्समा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहाने ग्राहकले १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।


Back_to_top