काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार उत्पादक लुसिडले ‘रेन्ज एक्सचेन्ज’ प्रविधिलाई प्रयोगमा ल्याउने भएको छ । कम्पनीले आफ्नै ब्राण्डको कारमा उक्त प्रविधि दिएको हो ।
हाइवेमा ईभी चलाउँदा चलाउँदै ईभीको ब्याट्री सकिन लाग्यो भने चालकलाई के गर्ने भन्ने अन्योल हुनु स्वभाविक हो । त्यस्तो अवस्थामा ईभीलाई कुनै चार्जिङ स्टेशनमा लगेर रिचार्ज गर्ने हो । तर, कहिले काही रिचार्ज गर्ने चार्जिङ स्टेशन नजिक नहुन पनि सक्छ । वा, बिजुलीको सप्लाई बन्द भएको समय पनि हुन सक्छ । यस्तोमा ईभी चालकलाई ठूलो तनाव हुनु स्वभाविकै हो ।
यस्तो अवस्थाको सोलुसनको लागि लुसिडले ल्याएको रेन्ज एक्सचेन्ज प्रविधि निकै उपयोगी हुने मानिन्छ । रेन्ज एक्सचेन्ज प्रविधिले एक ईभीबाट अर्को ईभीमा सिधै चार्ज ट्रान्सफर गर्न सकिन्छ ।
लुुसिड ईभीमा रहेको बाइ डाइरेक्सनल अनबोर्ड चार्जर र नयाँ रेन्जएक्चेन्ज अडेप्टरको मद्दतले अर्को ईभी सिधै चार्ज गर्न सकिने भएको हो । लुसिडबाट अर्को ईभीमा चार्जगर्दा ९.६ किलोवाटको स्पीडमा चार्ज गर्न सकिन्छ । जसको मतलब एक घण्टामा ४० देखि ६० किलोमिटरको रेन्ज पुग्ने चार्ज गर्न सकिने भएको हो ।


