रफ रोडमा यात्रा गर्दा यसरी गर्नुहोस् टायरको सुरक्षा

प्रायः मानिसहरू टायर किन्दा लापर्बाही गर्ने गर्छन् । सस्तो तर कमसल टायर खरिद गर्दा टायरको टिकाउ र क्वालिटीमा समस्या आउन सक्छ ।

कतिपय समयमा कमजोर टायरका कारण सडक दुर्घटना हुने गरेको छ । गाडीको टायर किन्दा निम्न तरिका अपनाए, यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।

टायरको छनौट

प्रायः ब्रान्डेड कम्पनीको टायर छनौट गर्नुपर्छ । ब्रान्डेड टायरमा वारेन्टीको सुविधा हुने गर्छन् ।

टायर किन्नुपूर्व के प्रयोजनका लागि किन्ने निश्चित गर्नुपर्छ । पारिवारिक प्रयोजनका लागि वा कमर्शियल के प्रयोजनको किन्ने हो, निश्चित गर्नुपर्छ । गाडीको रनिङ्गको हिसाबमा टायर छनौट गर्नुपर्छ ।

यसरी गर्नुस् सुरक्षा

गाडीको म्यानूअलमा दिएको जानकारी बमोजिम टायर ठिक छ कि छैन, परीक्षण गर्नुपर्छ ।

गाडीको एलाइमेन्टलाई सधैं सही राख्नुपर्छ । यो रिम–प्रोपरको तरिका बमोजिम फिट हुनुपर्छ । एलाइनमेन्टमा गडबडी भएसँगै टायर गलत तरिकाले घर्षण हुनेगर्छ । जसको कारण टायर फाट्ने सम्भावना रहन्छ ।

कारको सस्पेन्सनले टायरको लाइफममा अहम् भूमिका निभाउने गर्छ । कारको सस्पेन्सन ठिक नभएको अवस्थामा यसको आयल लिकेज हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा टायरमा बढी दबाब पर्ने गर्छ भने चाँडो घर्षण हुनेगर्छ ।

त्यस्तै, यसको सुरक्षाका लागि टायरको रोटेशन कस्तो छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । समय–समयमा टायरको रिमसहित डायगोनली परिवर्तन गर्नुपर्छ । यसले गर्दा टायरको वेयर र टियर हुने खतरा कम हुने गर्छ । टायरलाई सुरक्षित बनाउनका लागि यसमा सधैँ नाइट्रोजन ग्यासको मात्रा राख्नुपर्छ ।

नाइट्रोजन मोलिक्यूल केही ठूलो हुने भएकाले पञ्चर सम्भावना कम रहन्छ । साथै, तिव्र गतिमा कार चलाउँदा टायर फुट्ने सम्भावना कम रहन्छ ।


Back_to_top