काठमाडौं । अमेरिकी एक चालकले आफ्नो टेस्ला कारमा १४ पटक मोटर परिवर्तन गरेको कुरा बाहिर आएको छ । उसोत कम्पनीले नै ५ देखि ८ वर्षसम्म वारेन्टी दिने मोटर १४ पटक कसरी सम्भव भयो होला ? धेरैको मनमा यो पश्न खडा हुनसक्छ ।
हंशजर्ग भान जेमिगेन-होर्नवर्ग नाम एक ब्यक्तिले १८ हजार किलोमिटर चलेको सेकेन्ड ह्याण्ड टेस्ला मोडल एस खरिद गरेका थिए । उनले त्यसलाई यति धेरै चलाएका छन्, धेरै मानिस अचम्म पर्छन् ।
सन् २०१४ उनले उक्त कार खरिद गरेका थिए । त्यसपछि निरन्तर उनले यसलाई चलाउँदै गए । सन् २०१९ मा इलन मस्कले १० लाख ८० हजार ४६६ किलोमिटर टेस्ला कार गुडाउन सफल भन्दै जेमिगेन-होर्नवर्गलाई बधाई दिएका थिए ।
सन् २०१४ बाट अहिले करिब १० वर्ष हुन लाग्यो । १० वर्षमा एक जना मानिसले कति किलोमिटर गाडी चलाउला ? हाम्रो औषत ड्राइभ हेर्दा १ लाख ५० हजारदेखि २ लाख किलोमिटर होला । तर, जेमिगेन-होर्नवर्गले १० वर्षमा १९ लाख किलोमिटर यात्रा पुरा गरेका हुन् ।
उक्त यात्राको क्रममा उनले आफ्नो टेस्ला मोडल एस कारमा ४ पटक ब्याट्री र १४ पटक मोटर परिवर्तन गरेको अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मैले परिवर्तन गरेको मोटर सस्तो पर्ने भएको कारण सधैं रिफर्भीस थिए । केहीले वारेन्टी दिए, कहिले दिएनन् । जम्मा १४ पटक मोटर परिवर्तन भयो ।’

ब्याट्री भने उनले सधैं नयाँ नै हालेको बताएका छन् । उनको अनुभवमा टेस्लाको ब्याट्रीले औषत ४ लाख ८० हजार किलोमिटर रेन्ज प्रदान गरेको छ । त्यसपछि भने ब्याट्री परिवर्तन गर्नु परेको थियो । उनले ब्याट्रीलाई सधै २० देखि ८० प्रतिशतको बीमा चार्ज राखेर चलाउने गरेको बताएका छन् ।
यति भएपछि उनले किन यति धेरै यात्रा कारमा गरे भन्ने जो कोहीलाई जिज्ञासा हुनु स्वाभाविक हो । उनी कार चढेर विश्व हेर्न चान्थे उनले उक्त कारको प्रयोग गरेर अफ्रिका, मोरक्को, स्वीडेन, अष्ट्रेलिया र चीनको भ्रमण गरेको बताएका छन् ।
उनले लामो समय टेस्ला चढेको कारण अब मोडल एस थन्काएर लुसिड एयरको नयाँ कार आफुले बुकिङ गरेर बसेको हंशजर्ग भान जेमिगेन-होर्नवर्ग उल्लेख गरेका छन् ।

