६ महिनापछि महिन्द्राको अर्को ईभी बजारमा आउने

काठमाडौं । महिन्द्राले एक्सयूभी ३०० लाई पनि ईभीमा ल्याउने भएको छ । कम्पनीले सन् २०२४ जुनमा यसलाई भारतबाट सार्वजनिक गर्ने तयारी गरेको अटोकार इन्डियाले उल्लेख गरेको हो ।

महिन्द्राले ल्याउने नयाँ ईभी अहिले बजारमा उपलब्ध एक्सयूभी ३०० को हुबहु हुनेछ । यसमा टाटा नेक्सनको जस्तै केबल पावरट्रेन मात्रै फरक रहने दावी रिपोर्टमा गरिएको छ ।

टाटा नेक्सनको सिधा प्रतिस्पर्धीको रुपमा आउने एक्सयूभी ३०० ईभीमा ३५ किलोवाट आवरको ब्याट्रीक प्याक रहने छ । मूल्यमा भने अहिले बिक्री गर्दै आएको एक्सयूभी ४०० भन्दा २ लाख रुपैयाँ सस्तो हुने उल्लेख गरिएको छ ।

महिन्द्राले आफ्ना सबै इन्टरनल कम्बस्चन इन्जिन भएका एसयूभीहरुलाई ईभीमा परिणत गर्ने यसअघि नै घोषणा गरिसकेको थियो । त्यहि अनुरुप अहिले विभिन्न मोडल उत्पादनको क्रममा रहेका छन् । एक्सयूभी ५००, एक्सयूभी ७००, थार र वोलेरोसम्मका उत्पादन ईभीमा ल्याउने कम्पनीले घोषणा गरेको छ ।


Back_to_top