हन्टरको ‘ब्रेकफास्ट राइड’ सम्पन्न

काठमाडौं । रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभले आफ्नो पछिल्लो मोटरसाइकल हन्टरको ‘ब्रेकफास्ट राइड’ सम्पन्न गरेको छ । कम्पनीले टुरिजम प्रवद्र्धनमा सहयोग गर्न र हन्टर राइडरहरुलाई आपसी भाइचार बढाउन उक्त राइड आयोजना गरेको जनाएको छ ।

कम्पनीका अनुसार उक्त राइडमा ४१ वटा हन्टर मोटरसाइकलको सहभागिता थियो । निकै पुरानो मध्येको एक प्रिमियम मोटरसाइकल रोयल इनफिल्डको एसेम्बल नेपालमा नै सुरु भएसँगै यसको गतिविधि पनि निकै बढेको छ ।

कम्पनीले ब्रेकफास्ड राइडलाई सडक सुरक्षा अभिवृद्धि, प्रकृतिक सम्पदा अनलोकन र राइडिङ कल्चरको विकासमा केन्द्रीत रहेको जनाएको छ ।

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्साल बाट सुरु भएको यो राइड दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड, कंलकी, हुँदै कालुपाण्डे हिलसम्म पुगेको थियो ।


Back_to_top