फ्रान्स सरकारले मासिक ९ हजार रुपैयाँ किस्तामा कार दिदै

काठमाडौं । फ्रान्स सरकारले आफ्नो आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मासिक ५४ पाउण्ड किस्ता तिर्नेगरी कार उपलब्ध गराउने भएको छ । फ्रेन्च सरकारले यूरोपकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार सिट्रोन ईसीथ्री उक्त स्कीममा दिने भएको हो ।

यसरी सीथ्री इलेक्ट्रीक कार किन्ने ग्राहकले डाउन पेमेन्ट पनि तिर्नु पर्ने छैन । आर्थिक अवस्था कमजोर भएका मानिसले यसरी किनेको कार कम्तीमा ३ वर्ष लकिङ पिरियएडमा बस्ने निर्णय सरकारले गरेको हो ।

अहिले नेपालमा बिक्री हुँदै आएको इलेक्ट्रीक सीथ्री कै प्लेटफर्ममा बनेको भएपनि यूरोपमा बिक्री हुने मोडलमा फिचर भने फरक छ । यहि मोडलबाट सिट्रोनले आफ्नो लोगोसमेत परिवर्तन गरेको छ ।

प्लेटफर्म एउटै भएपनि यूरोपको लागि तयार भएको ईसीथ्रीमा डोर ह्यान्डल, टेलगेट, टेल ल्याम्प र रियर वम्पर नयाँ प्रयोग गरिएको छ । साथै, यसको बडी डिजाइनमा सामान्य परिवर्तन भएपनि इन्टेरियर धेरै फिचर हुने छ ।

नेपालमा उपलब्ध ईसीथ्रीमा २९ किलोवाट आवरको मात्रै ब्याट्री प्याक उपलब्ध भएपनि यूरोपियन स्पेकमा ४४ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

सिट्रोनले यसमा ८३ किलोवाट क्षमताको इलेक्ट्रीक मोडल दिएको छ । जबकी नेपालमा उपलब्ध मोडलमा भने ४२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

सिट्रोनले इसीथ्रीमा ड्यूल कलर ड्यासबोर्ड, स्टेरिङ माउन्टेड कन्ट्रोल बटम, पुरै नयाँ लाग्ने डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, हेड अप डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, आरामदायी सिट जस्ता फिचर उपलब्ध हुनेछन् ।

यूरोपियन स्पेकमा १७ इन्चको एलोय ह्वील, डुअल टोन एक्सटेरियर पेन्ट, अटो वाइपर, पावर फोल्डिङ एण्ड हिटेड सीट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस चार्जर पाउन सकिन्छ ।


Back_to_top