फ्रान्सले यूरोपमा बनेका कार किन्दा अनुदान दिने, चिनियाँ कारमा हटायो

काठमाडौं । फ्रान्स सरकारले विद्युतीय कारमा दिने अनुदान परिमार्जन गरेको छ । यसअघि सबै किसिमका विद्युतीय कारलाई दिदै आएको अनुदान परिमार्जन गरेको हो ।

नयाँ प्राबधान अनुसार कम मूल्यका चिनियाँ ईभीले अनुदान पाउने छैनन् । फ्रान्स सरकारले ‘स्टेट बोनस कार्यक्रम’ अन्तर्गत फ्रान्स र यूरोपमा बनेका विद्युतीय कारलाई प्राथमिकतामा राख्दै अनुदान पाउने कार मोडलको सूची नै प्रकाशित गरेको हो ।

फ्रान्स सरकारको अनुदान पाउने कार मोडलमा स्टेलान्टीस ग्रुपको २४ र रेनोका ५ मोडल छन् । त्यसैगरी अमेरिकी ब्राण्ड टेस्लाको मोडल वाई अनुदान पाउने मोडलमा परेको छ । टेस्ला मोडल थ्रीले भने पाउने छैन ।

राष्ट्रपति इम्यानुअल म्याक्रोनको नेतृत्वमा रहेको सरकारले फ्रान्स र अन्य यूरोपमा उत्पादन भएको कारहरुलाई प्रोत्साहन गर्न चाहेको र उपभोक्तालाई पनि केही राहत पुग्ने कारण अनुदान दिइएको बताएको छ ।

फ्रान्स सरकारले विद्युतीय कारको प्रयोग बढाउन वार्षिक १.०८ विलियन यूरो खर्च गर्ने घोषणा गरेको छ । जसमा एउटा कार किन्नेलाई ५ देखि ७ हजार यूरो अनुदान दिने सरकारी घोषणामा उल्लेख छ ।

फ्रान्स सरकारले अनुदान पाउने सूचीमा डासिया र रेनोले चीनमा उत्पादन गरेको स्प्रीङ मोडल छ । साथै, एसएआईसीले उत्पादन गरेको एमजी–४ लाई सूचीमा राखेको छ । तर, टेस्लाले चीनमा उत्पादन गरेको मोडल थ्रीलाई सूचीबाट हटाएर जर्मनीमा बनेको टेस्ला मोडल वाईलाई समाबेस गरेको हो ।


Back_to_top