काठमाडौं । कुनै पनि मानव निर्मित बस्तुको आयु निश्चित समयसम्म हुन्छ । कुनैपनि कार बजारमा आएको २/३ वर्षमा पुरानो लाग्न थाल्छ ।
कुनै समय थियो १०/१५ वर्षसम्म एउटै डिजाइन चल्थ्यो । जसरी कार बजार बलियो बन्दै गए तिब्र गतिमा डिजाइन परिवर्तन गर्ने दवाव कम्पनीहरुमा पर्न थाल्यो । त्यसैले कम्पनीहरुले २/३ वर्षमा नै आफ्नो मोडलमा परिमार्जन गर्न थाले ।
यहाँ हामीले चर्चा गर्न लागेको टाटा नेक्सनको हो । भारतीय कम्पनी टाटाको गेमचेन्जर एसयूभी नेक्सन २०१७ मा बजारमा आएको हो । जुन २०१८ को सुरुवातदेखि नै नेपाली बजारमा उपलब्ध छ । कम्पनीले यसको फेसलिफ्ट २०२० मा गरेको थियो ।
त्यसपछि २०२१ मा ईभीको रुपमा नेक्सन आयो । नेपाल आएको दुई वर्षमा नै नेक्सन नयाँ रेकर्ड निर्माण गर्न सफल भयो । नेक्सन आफु मात्रै चलेन । उसले सिप्रदीलाई नेपालमा प्यासेन्जर कार सेग्मेन्टमा नम्बर वान बनायो ।

हो, त्यहि नेक्सन २०२४ को पहिलो क्वाटरबाटै नयाँ अवतारमा नेपाली बजारमा उपलब्ध हुने भएको छ । अहिले आएको नेक्सनमा मेकानिकल परिवर्तनभन्दा पनि डिजाइन, कलर र फिचरमा ब्यापक परिवर्तन भएको छ । यसको अगाडि, पछाडि र बडी डिजाइनमा ब्यापक परिवर्तन पाउन सकिन्छ ।
यसको बाहिर मात्र होइन इन्टेरियर पनि पूर्ण नयाँ जस्तै देखिन्छ । ड्यासबोर्ड, स्टेरिङ ह्वील, सेन्टर कन्सोल, स्वीच बटम, सिट लगायतका सबै फिचरमा परिमार्जन भएको छ ।
यसअघि पेट्रोलियम पदार्थबाट भल्ने नेक्सन र इलेक्ट्रीक नेक्सनमा कलर मात्रै फरक थियो । तर, यस पटक भने डिजाइनमा नै फरक पाउन सकिने छ । यसअघि २०२० मा पहिलोपटक नेक्सन ईभीमा आएको थियो । त्यसको ठिक तीन वर्षपछि कम्पनीले यसको डिजाइनमा परिवर्तन गरेको हो ।

नेक्सनको पेट्रोल र डिजेल इन्जिनमा परिवर्तन भएको छैन । तर, ईभीमा भने ब्याट्री परिवर्तन नभएपनि म्याक्स र प्राइम भन्ने भेरियन्ट रहने छैन । अब मिड रेन्ज (एमआर) र लङ रेन्ज (एलआर) नामबाट आउने छ ।
कम्पनीले एमआर मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री दिएको छ । त्यसैगरी एलआर भेरियन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । प्याक अप्सनमा आउने छ ।
नयाँ जीपट्रोन जेन-२मा आधारित नयाँ नेक्सनको अगाडिको डिजाइन धेरै हदसम्म कर्भ कन्सेप्टमा आधारित छ । यसको पछाडिको भागभने ह्यारीयरबाट प्रेरित देखिन्छ । कम्पनीले नयाँ नेक्सन ईभीमा ७.२ किलोवाट क्षमताको एसी चार्जर स्टायडर्ड रुपमा दिएको छ ।
भेहिकल टु लोड र भेहिकल टु भेहिकल चार्जिङ सुविधा उपलब्ध नयाँ नेक्सन कुनै पनि विषयमा अहिले बजारमा रहेका इलेक्ट्रीक मोडलभन्दा कमजोर देखिदैन । कम्पनीले यसको पफर्मेन्समा पनि १० देखि १५ प्रतिशत सुधार भएको दावी गरेको छ ।
यसमा दिएको मोटरको पीक पावरमा परिवर्तन भएको छैन । तर, टर्क भने दुबै मोडलमा वृद्धि भएको छ । कम्पनीले यसमा ईको, सिटी र स्पोर्टस् ड्राइभ मोड दिएको छ ।

