सिंहदरवारलाई गिज्जाइ रहेको सडक (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ पुरानो बोश्वरमा एक महिनादेखि बटो बन्द छ । सिंहदरवारबाट एक किलोमिटर दुरीमा रहेको सडक महिना दिनदेखि बन्द हुँदा पनि कसैले चासो देखाएका छैनन् ।

ढल हाल्न भन्दै महानगरको सामाजिक विभाग अन्तर्गत बनिरहेको उक्त आयोजनाको कारण महिनौदेखि सडक भद्रगोल भइरहेको छ । यस विषयमा वडा अध्यक्ष रामजी भण्डारी र वडा सचिब मदन किशोर गुरागाईको कुरा पनि फरक सुन्न पाइन्छ ।

अहिले करिब ५० मिटर बाटो खनिएको छ । तर, त्यहाँ ढल हाल्न सकिएको छैन । वडा सचिव गुरागाईका अनुसार सडकमा ठूल्ल ठूला दुई ढुङ्गा भेटिएको र ती ढुङ्गा फुटाउन सक्ने अवस्था छैन । ढुङ्गा फुटाउन जबर्जस्ती गरे वरपरको वस्तिलाई नै समस्या पर्छ ।

‘तत्काल सडक खुलाउने योजना बनाएर अहिले ढल हाल्ने योजना स्थगित गरेका छौं । अबको एक साता भित्रै हामी सडक खुलाउने छौं’, सचिव गुरागाईले भने ।

वडा अध्यक्ष रामजी भण्डारी भने खानेपानीको कारण सडक संचालनमा समस्या आएको बताउँन् । उनि भन्छन्, ‘वर्षौदेखि पाइप फुटेर पानी चुहिएको रहेछ । त्यसैले हामीले ढल खन्न सुरु गरेपछि भासियो । अहिले पानी चुवावटको काम रोकिएको छ, अब बाटो खोल्ने तयारी गरेका छौं । सम्भवत दुई दिन भित्रै बाटो खुल्ला हुन्छ ।’

दुई जनाको फरक कुरा आएपछि हामी उक्त स्थानको भिडियो र तस्बिरहरु खिच्न गयौं । उक्त स्थानमा अहिले काम ठप्प गरिएको छ । त्यहाँ काम गर्ने एक जना पनि मजदुर छैनन् ।

अहिलेकै अवस्थामा दुई दिन वा ७ दिनमा त्यो बाटो संचालनमा आउने विश्वास गर्नै सकिदैन ।


Back_to_top