जेडएस ईभीमा आगलागीको कारण बारे भएको अध्ययनले के भन्यो ?

काठमाडौं । पुस ९ गते राती १ः१५ बजे काठमाडौंको बुढानिलकण्ड नगरपालीका वडा नम्बर ३ देउवा चोकमा भएको आगलागी घटनाका विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । यहि क्रममा यस घटनाको प्रविधिक टोलीले पनि अध्ययन गरेको थियो ।

एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार एसएआइसी ग्रुपका प्रतिनिधिले गरेको प्रविधिक बिष्लेषणले गाडीको त्रुटी नदेखिएको जनाएको छ । कम्पनीले जनाए अनुसार विज्ञ टोलीले गाडीको अगाडि भागबाट पछाडितर्फ आगो लाग्दै गएको, कुनै किसिमको तेलजन्य पदार्थ चुहावट नभएको र मेकानिकल फेलियर नभएको रिपोर्ट दिएको जनाएको छ ।

गाडी पार्क गरेर चार्जमा राखिएको अवस्थामा गाडी भित्रबाट आगोलागी हुन ‘हाइ हिट टेम्पेचर सोर्स’ हुनु पर्नेमा त्यो नभएको, कुनै किसिमको इलेक्ट्रीकल फल्ट भएर आगो नलागेको उल्लेख छ । त्यस्तै एबनर्मल बर्न र सर्ट सर्किट नदेखिएको, हाइभोल्टेज ब्याट्रीमा कुनै किसिमको क्षती नपुगेको चिनियाँ टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएको कम्पनीले जनाएको छ ।

घटनाको विषयमा मिडियाहरुमा विभिन्न किसिमका समाचार प्रकाशित हुन थालेपछि कम्पनीले यसअघि पनि विज्ञप्ती जारी गरेको थियो । अहिले पनि कम्पनीले गाडीधनीको नाम लिएर विभिन्न मिडियाले समाचार प्रकाशित गरेको भन्दै कम्पनीले विज्ञप्ती निकालेको हो ।

पहिलो पटक विज्ञप्तीनै सधिकार निकायबाट प्राप्त भएको सर्जिमिन र पत्राचारलाई नै आधार मानेर जारी गरिएको र सो सम्बन्धमा ग्राहकसँग कुनै पनि सहमति÷सम्झौता नभएको कम्पनीले उल्लेख गरेको छ । साथै, कम्पनीलाई अनावश्यक लाल्छना लगाई बदनाम गर्न खोजेको उल्लेख छ ।


Back_to_top