जेट एयरवेज चरम आर्थिक संकटमा, होला टाटा समूहको इन्ट्री ?

भारतको निजी क्षेत्रको प्रमुख विमान कम्पनी जेट एयरवेज बड्दो इन्धनको मूल्य तथा भारतीय रुपैयाँको अबमूल्यनको कारणले ठूलो आर्थिक संकटमा परेको छ । आर्थिक संकटका कारण जेट एयरवेजले पाईलट तथा कर्मचारीहरुलको तलबसमेत समयमा दिन सकिरहेको छैन ।

सन् २०१३ मा पनि यस्तै खालको आर्थिक संकट पर्दा अबुधावीको विमान कम्पनी इथीहादले जेटको २४ प्रतिसत शेयर किनेर तत्कालीन समस्याको समाधान गरेको थियो । इथीहादले पनि यस बर्षको अन्त्यसम्म आफ्नो सम्पूर्ण शेयर स्वामित्व बिक्री गर्न लागेको कुरा बाहिर आएको छ । 

 यस वर्षको अन्त्यसम्म भारतका एयरलायन्सहरुले ९ हजार ३ सय करोड घाटामा जाने प्रक्षेपण गरिएको छ । जुन यो दशककै सबभन्दा बढी हो ।

जेट एयरवेजले थप लगानीको लागि विभिन्न ग्रुपसँग छलफल अगाडि बढाइरहेको जनाएको छ । यस मध्य टाटा ग्रुप पनि एक प्रमुख सम्भावित लगानीकर्ता हुन सक्ने जनाइएको छ । 

टाटा ग्रुपले भारतमा हाल विस्तारा र एयरएसिया इन्डिया गरेर दुईवटा एयरलायन्स संचालन गरिरहेको छ । विस्तारा सिंगापुर एयरलायन्ससँगको पार्टनरसीपमा चलाइएको फुलफेज एयरलायन्स हो । त्यस्तै एयरएसिया इन्डिया मलेशियाको बजेट एयरलायन्स एयरएसियासँगको पार्टनसीपमा संचालन गरिरहेको छ । 

भारतमा नुनदेखि सफ्टवेरसम्मको कारोबार गरिरहेको टाटा ग्रुप एक प्रतिष्ठित व्यापरीक  समूह हो । टाटा ग्रुपले जेट एयरवजको आमसिक लगानीको प्रस्ताव अस्वीकार गरेको छ । 

टाटा समूहले जेट एयरवेजमा लगानी गर्ने तर त्यसको लागि आफ्नो बहुमत हिस्सा हुनु पर्ने र हालका प्रमोटरहरु (गायल परिवार) हट्नु पर्ने सर्त राखेको छ । जेट एयरवेजमा नरेश गोयल तथा उनको परिवारको ५१ प्रतिशत स्वामित्व रहेको छ ।

भारतीय हवाई बजार गएको दशकमा वार्षिक १० प्रतिसतले वृद्धि भइरहेको छ तर, एयरलायन्सहरु वीचको कट थ्रु कम्पिटिसनले गर्दा हवाई भाडा बड्न सकिरहेको छैन । जसले गर्दा भारतका सम्पूर्ण एयरलायन्सहरु घाटामा संचालन भइरहेका छन् । रिपोर्टहरुका अनुसार यस वर्षको अन्त्यसम्म भारतका एयरलायन्सहरुले ९ हजार ३ सय करोड घाटामा जाने प्रक्षेपण गरिएको छ । जुन यो दशककै सबभन्दा बढी हो ।

जेटका पाईलटले सूचना विना काम छोड्न सक्ने

जेट एयरवेजले अपरेसनको क्यापासीटी घटाउने भन्दै पाईटलहरुले चाहेमा नोटिस पिरीयड विनै काम छोड्न सक्ने अफ्सन दिएको छ । कम्पनी आर्थिक संकटमा परेर समयमा तलब दिन नसकेको हँुदा यस्तो अप्सन दिन कम्पनी बाध्य भएको हो । विगत केही महिना यता ५० भन्दाबढी पाईलटहरुले राजिनामा दिएका छन् । प्रायः सबै जनाले ४८ घण्टाको नोटिस पीरीयड दिएर छाडेका हुन् । 

जेटसँग १२४ वटा विमान रहेको छ भने त्यहाँ करिब १६ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । ति मध्य २ हजार जना पाईलट रहेका छन् ।

यसरी जागिर छाड्ने पाईटलहरु सबै एटिआर विमानका हुन् । जेटले संचालन गरेको १६ मध्य ३ वटा एटिआर ग्राउण्डेड गरिसकेको छ भने, अझै ६ वटालाई ग्राउण्डेड गर्ने जनाएको छ । हाल जेटसँग १२४ वटा विमान रहेको छ भने त्यहाँ करिब १६ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । ति मध्य २ हजार जना पाईलट रहेका छन् ।

यसअघि जेट एयरवेजमा पाईटले काम छोड्नको लागि ६ महिना अगाडि सूचना दिनुपर्ने नियम रहेको थियो । भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार पाईलटहरुको यूनियनले बुधबार अध्यक्ष नरेश गोयललाई भेटेर आफ्नो पुरा तलब दिन आग्रह गरेका थिए । उनिहरुले गत महिनाको ७५ प्रतिशत तलब नपाएको बताएका थिए । समयमै यदि पूरा तलब नपाएमा थप दवावका कार्यक्रमहरु ल्याउने यूनियनले जनाएको छ । 


Back_to_top