आयोनीक-७ को इन्टेरियरमा देखियो यस्ता फिचर

काठमाडौं । हुन्डाईले यहि वर्षको मध्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागेको आयोनीक-७ इन्टेरियर बाहिर आएको छ । कम्पनीले गरिरहेको सडक परिक्षणको क्रममा आयोनीक-७ को इन्टेरियर बाहिर आएको हो ।

हुन्डाईको सबैभन्दा ठूलो साइजमा बनिरहेको आयोनीक-७ एक प्रिमियम एसयूभी हो । तस्बिरमा बाहिर आएको इन्टेरियर अनुसार ठूलो साइजको रेक्ट्रयाङगुलर स्कृनलाई स्टेरिङ ह्वीलको पछाडिबाट ड्यासबोर्डको बीच भागसम्म लगिएको छ ।

आयोनीक-५ मा जस्तै यसमा पनि इन्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टमबीच इन्ट्रीगेसन गरिएको देखिन्छ । आयोनीक-७ मा हिट, भेन्टीलेसन, एयर कण्डिसन तथा रेडियोको लागि फिजिकल बटमहरु दिइएको देखिन्छ ।

टेस्ट गरिरहेको भेहिकलमा आईआरभीएमको सट्टामा क्यामरा दिइएको देखिन्छ । उक्त क्यामराको डिस्प्ले दुबै ढोकाको माथि हुनेछ । कम्पनीले परिक्षणको क्रममा यसको इन्टेरियरमा धेरै कुरा छोपेर ल्याएको कारण प्रस्ट देख्न सकिदैन ।

हुन्डाईले सन् २०२१ मा देखाएको आयोनीक-७ को कन्सेप्ट कै आकारमा प्रोडक्सन मोडल हुने अनुमान गर्न सकिन्छ । यसमा दिइएको हेडलाइट र टेललाइट पनि कन्सेप्टमा देखाएको जस्तै देखिएको छ ।

हुन्डाई मोटर्स ग्रुपको उत्पादन किया ईभी-९ सँग प्लेटफर्म सेयर गरेर बनाएको कारण आयोनीक ७ मा ७६.१ र ९९.८ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top