होन्डा, मारुती सुजुकी तथा हुन्डाईलगायतका विभिन्न अटो ब्रान्ड सदावहार रुपमा आफ्ना सेडान कारहरु बजारमा भित्र्याउन सफल भएका छन् । खुम्चँदो सेडान कारको बजारका बाबजुद यी ब्रान्डका कार बजारमा सफल भैरहेका छन् ।
गत अक्टोबर महिनामा यी ब्रान्डहरुबीच आफ्नो सेडान कार बिक्रीमा निकै कडा प्रतिस्पर्धा गरे । ग्राहकको रोजाइमा पनि होन्डा सुजुकी र हुन्डाईका कार नै अग्रस्थानमा राखेको देखियो ।
अक्टोवरमा भारतीय बजारमा आफ्नो सेडान कारको वेस्ट–सेलिङ्ग गर्ने ब्रान्डहरुको सूचीमा सुजुकी सियाज, होन्डा सिटी, हुन्डाई भर्ना, स्कोडा र्यापिड, फक्सवागेन भेन्ट्रो टप–पाँचभित्र पर्न सफल भए ।
२०१७ अक्टोबर र २०१८ अक्टोबरको बिक्री यूनिट
|
ओईएम |
मोडल |
अक्टोबर–२०१८ |
अक्टोबर–२०१७ |
ग्रोथ (%) |
|
नेक्सा |
सियाज |
३८९२ |
४१०७ |
–५% |
|
होन्डा |
सीटी |
३६१२ |
४३६६ |
–१७% |
|
हुन्डाई |
भर्ना |
३३०१ |
४७०१ |
–३०% |
|
स्कोडा |
र्यापिड |
१२०५ |
१०८६ |
११% |
|
भीडब्ल्यू |
भेन्टो |
४८० |
४११ |
१७% |
|
टोयोटा |
यारिस |
४२१ |
० |
– |
गत अक्टोबरमा भारतीय बजारमा होन्डा सिटी र हुन्डाई भर्नालाई उछिन्दै ३ हजार ८९२ युनिट सेडान बिक्री गरी नेक्सा सियाज वेस्ट–सेलिङ्ग सूचीमा पहिलो नम्बरमा परेको छ । यो महिनामा सियाज र सिटीबीचको अन्तर जम्मा २८० यूनिटमात्रै रहेको छ ।
अक्टोवरमा महिनामा होन्डा सिटीको बिक्री ३ हजार ६१२ यूनिट रहेको थियो । यसबाट के देखिन्छ भने यी दुई सेडान कारको बीचमा कडा प्रतिस्पर्धा भइरहेको छ ।
तर, गतवर्षको तुलनामा नेक्सा सियाज र होन्डा सिटी दुबैको बिक्री घटेको
हो । त्यस्तै, अक्टोबर महिनामा ३ हजार ३०१ यूनिट कार बिक्री गर्दै वेस्ट–सेलिङ्गको सूचीमा तेस्रो स्थानमा हुन्डाईको भर्ना परेको छ । गतवर्षको
अक्टोवरको तुलनामा हुन्डाई भर्नाको पनि बिक्रीमा गिरावट आएको हो ।
चौथो स्थानमा भने स्कोडाको र्यापिड पर्न सफल भएको छ । कम्पनीले १ हजार २०५ यूनिट कार बिक्री गर्दै चौथो स्थानमा कब्जा जमाएको हो । गतवर्षको सोही अवधिको तुलनामा र्यापिडको बिक्रीमा वृद्धि भएको छ ।
त्यस्तै, जम्मा ४८० यूनिटको बिक्रीकासाथ फक्सवागेन भेन्टो वेस्ट–सेलिङ्ग लिस्टमा पाँचौंँ स्थानमा पर्न सफल भएको छ । कम्पनीले गतवर्षको तुलनामा केही सेल्स–ग्रोथ गरेको छ ।
गतवर्ष व्यापार नै नगरेको टोयोटाको यारिसले अहिले भने ४२१ यूनिट बिक्रीसहित छैटौँ स्थान हात पारेको छ ।


