काठमाडौं । रोयल इनफिल्डका १०० भन्दा धेरै मोटरसाइकल मनाङ जाने भएका छन् । मोटरसाइकल टूरिङ एण्ड सेफ्टी सचेतनामा काम गर्दै आएको काठमाडौं लेजेन्ड्सको आयोनजनामा १०० भन्दा धेरै मोटरसाइकल मनाङ जाने भएको हुन् ।
काठमाडौं लेजेन्ड्सले आयोजना गरेको ‘मनाङ मेनिया’मा १०० राइडरका साथै १५० भन्दा धेरैले सहभागीता जनाउने छन् । मार्च ८ देखि सुरु हुने मनाङ मेनिया तीन दिन चल्नेछ ।
आयोजकका अनुसार काठमाडौंबाट सुरु हुने मनाङ मेनिया मनाङ भ्यालीमा पुगेर समापन हुनेछ । मनाङमा विभिन्न सांगीतिक, मोटरसाइक्लिङ, हाकइकिङ तथा मनोरञ्जनात्मक खेलहरु आयोजना हुने कम्पनीले जनाएको छ ।
मनाङ मेनियाको मुख्य प्रयोजकमा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ रहेको छ ।
अल्फा अटो मोटिभले नेपालमा मोटरसाइकल टुरिङ, एड्भेन्चर राइडिङ, मोटर स्र्पोटस् जस्ता आन्तरिक पर्यनटनमा टेवा पुर्याउने कार्य गर्दै आएको छ । यो राइडमा १० भन्दा धेरै लेडी राइडरका साथै भारत भुटान, अस्ट्रेलिया, टर्की लगायतका देशबाटसमेत राइडहरुले सहभागीता जनाउने छन् ।
मनाङ मेनियामा सहभागी हुन चाहानेले काठमाडौं लेजेन्ड्सको वेवसाइटमा गएर फारम भर्न सक्नेछन् । यो राइडमा सहभागी हुन ८ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।


