काठमाडौं । भारतीय दुई पाङग्रे साधन निर्माता कम्पनी बजाज अटोले नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा पल्सर सिरिज अन्तर्गत रहेको एनएस १२५ मोटरसाइकल अपग्रेड गरेर ल्याएको हो ।
बजाजले नयाँ एनएस १२५ मा फिचरहरु थप गरेर भारतीय बजारमा १ लाख ५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेर ४ कलर अप्सनमा ल्याएको हो ।
नयाँ एनएस १२५ मा भर्टिकल पोजिसनमा एलइडी फ्रन्ट फेसिया हेडल्याम्प र डिआरएल सेटअप दिइएको छ । पूरा डिजिटल नयाँ इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । फोन कनेक्टिभिटी सिस्टम, ओडोमिटर, रेभ काउन्टर, ट्रिप मिटर र फ्युल गेज रिडिङ मोटरसाइकलको डिस्प्लेमा देखिने छ ।
कम्पनीले सुरक्षा फिचरको रुपमा एबीएस सिस्टम पनि यस मोटरसाइकलमा थप गरेको बताएको छ । अगाडि टायरमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक, ट्युबलेस टायर, अलोय ह्वील, स्लीक टर्न इन्डिकेटर, पाउन सकिन्छ ।
नयाँ एनएस १२५ को डिजाइन, लुक्स, इन्जिन र अन्य पार्टस्मा भने केहि परिमार्जन गरिएको छैन । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ५ स्टेपको मोनोसक सस्पेन्सन रहेको छ ।
कम्पनीले एनएस १२५ मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, डिटिएस-आई इआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ११.८० ब्रेकहर्स पावर र ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्टेपको गियरबक्स पाउन सकिन्छ ।


