काठमाडौं । केटीएमले भारतीय बजारमा दुई मोटरसाइकललाई अपग्रेड गरेर सार्वजनिक गरेको छ । कम्पनीले केटीएम आरसी र एड्भेन्चर सिरिजको २०२४ मोडल सार्वजनिक गरेको हो ।
केटीएमले २०२४ मोडलमा दुई नयाँ कलर अप्सन थप गरेर ल्याएको हो । कम्पनीले ल्याएको नयाँ मोडलका केटीएम आरसी र एड्भेन्चर सिरिजको मूल्य भने यथावत नै राखेको छ ।
कम्पनीले केटीएम आरसी १२५, आरसी २००, २५० एड्भेन्चर र ३९० एड्ेभन्चरको नयाँ कलर अप्सन बजारमा ल्याएको हो । कलर बाहेक अन्य परिवर्तन भएको छैन ।
आरसी १२५ लाई अरेन्ज ब्लू र ब्ल्याक ब्लु डुवल टोन पेन्टमा उपलब्ध गराएको छ । आरसी २०० ब्ल्याक अरेन्ज र ब्लु अरेन्ज कलरमा ल्याएको हो ।
त्यस्तै आरसी ३९० भने सिग्नेचर अरेन्ज विथ ब्ल्याक एसेन्ट तथा ब्राइट अरेन्ज अलोयको कलर अप्सनमा ल्याएको छ ।

त्यसैगरी कम्पनीले एड्भेन्चर सिरिज अन्तर्गत एड्भेन्च २५० ग्रे अरेन्ज र ब्लु ह्वाइट कलर अप्सनमा ल्याएको छ । एड्भेन्चर ३९० अरेन्ज ब्ल्याक र ग्रे ह्वाइट ड्यूल टोन कलर अप्सनमा ल्याएको हो ।
भारतीय बजारमा सार्वजनिक भएका केटीएमका २०२४ मोडल मोटरसाइकलहरु नेपाली बजारमा चाँडैनै देख्न पाइन्छ । कम्पनीले भारतमा उत्पादन भएका मोटरसाइकल चाँडै नै नेपालमा उपलब्ध गराउँदै आएको छ ।
केटीएमका मोटरसाइकलहरु नेपाली बजारमा हंशराज हुलाशचन्द एण्ड कम्पनीले विक्री वितरण गर्दै आएको छ ।


