भारतीय राष्ट्रिय ध्वजावाहक एयर इन्डियाका सिनियर क्याप्टेन अरभिन्द कठपालीया मापसे चेकिङमा भेटिएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।
भारतीय संचार माध्यम एनडिटीभीका अनुशार एयर इन्डियाका अपरेशन डाइरेक्टर क्याप्टेन अरभिन्द कठपाडिया जहाज उडाउनु पूर्व गरिने अनिर्वाय ब्रेथलाईजर टेस्टमा फेल भएका थिए ।
उनको डियुटी फ्लाईट नम्बर एआई १११ बोइङ ७८७ ड्रिम लाईनरमा रहेको थियो । नयाँ दिल्लीबाट लन्डनको लागि सेड्युल भएको फ्लाईटको कमाण्ड गर्नूअघि गरिएको टेस्टमा उनको शरिरमा अल्कोहलको मात्र निर्धारण गरिएको भन्दा निकै बढी देखिएको थियो । पछि उनले प्राइभेट क्लिनिकमा गएर पुनः परिक्षणगर्दा पनि टेस्ट रिपोर्ट पोजेटीभ नै आएको थियो ।
नोभेम्बर ११ को दिउँसो २ः४५ मा सेड्युल भएको उक्त फ्लाईट पाइलटको कारणले १ घण्टा ढिलो गरेर उडेको थियो । नयाँ पाईटलको व्यवस्थापन भएपछि मात्र उक्त फ्लाईट उडेको थियो ।
पाईलटले जहाज उडाउनु भन्दा १२ घण्टा अघिदेखि अल्कोहलको सेवन गर्न बन्देज लगाइएको हुन्छ । प्रत्येक फ्लाईटको सुरुमा र फ्लाईट सकिएपछि अल्कोहलको अनिर्वाय टेस्ट गर्ने गरिएको छ ।
क्याप्टेन अरभिन्द यसअघि पनि एक पटक अल्कोहल टेस्टमा फेल भएर ३ महिनाको लागि ग्राउण्डेड भईसकेका थिए । सिनियर क्याप्टेन जसले पूर्व प्रधानमन्त्री मनमोहन सिंहको हवाई यात्राको समेत कमान्ड गरिसकेका थिए ।
उनले यस्तो खालको जगन्य अपराध गरेकोमा कोर्टले दिल्ली पुलिसलाई एभिएसन कानून उल्घंन गरेको अपराधमा एफआईआर फाइल गर्न आदेश दिएको थियो ।
त्यस्तै अर्को एयर इन्डियाकै बैंकक–नयाँदिल्लीको फ्लाईट नम्बर एआई ३३२ का कोपाईटलले उडान पूर्व गरिनुपर्ने अनिवार्य ब्रथलाईजर टेस्ट छुटाएका थिए । फ्लाईट अगाडि ब्रेथलाईजर टेस्ट नगरेको पाइएकोले उनलाई पनि ३ महिनाको लागि ग्राउण्डेड गरिएको छ ।
एयर इन्डियाका सिनियर एक्जुकेटीभका अनुशार ‘यदि पाईलटले टेस्ट छुटाएमा उनले अल्कोहल लिएको मानिन्छ र कारवाहीको लागि सिफारीस गरिन्छ ।’
उडिसकेको उक्त फ्लाईटलाई बैककमै फिर्ता बोलाएर अर्को कोपाईलटको व्यवस्थापन पछि ७ घण्टा डिले गरेर उडाउन अनुमति दिइएको थियो ।
नेपालमा पनि गत जुलाईमा फ्लाई दुबईका क्याप्टेन एन हुसेनले अल्कोहल सेवन गरि जहाज उडाउन खोज्दा फ्लाईट रोकिएको थियो । उक्त फ्लाईटका क्याविन क्रुले पाईटलले अल्कोहल सेवन गरेको रिपोर्ट गरेपछि सो फ्लाईटलाई रोकेर अर्को पाईलटको सेट मगाएर मात्र उक्त फ्लाईट उड्ने अनुमति दिईएको थियो ।
उनि अघिल्लो दिन बेलुका नेपाल आएका र रातभरि क्यासिनोमा बसेर आईतबार विहान ९ः४० को जहाज उडाउन एयरपोर्ट पूगेका थिए । ग्राउण्ड स्टाफहरुसँग कुरा गर्दा र उनको हिडाई र हाउभाउले उनि अत्याधिक मादक पदार्थ सेवन गरिरहेको फेला परेको थियो ।
युएर्इका नागरिक भएकोले उनलाई गैरकानूनी कार्यको लागि नेपालमा कारवाही नगरिएता पनि युएईमा दुबई एभियसले कारवाही गरेको जनाएको थियो ।

