महिन्द्राले दर्ता गर्‍यो ५ वटा नाम, सबै इलेक्ट्रीक हुने

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ४ नयाँ नाम ट्रेडमार्क दर्ता गरेको छ । कम्पनीले दर्ता गरेको नामहरु एक्सयूभी सिरिजमा छन् ।

एक्सयूभी सिरिजमा ‘सेभेन एक्स ओ, फाइभ एक्स ओ, थ्री एक्सओ र वान एक्स ओ’ रहेको छ । यी नामबाट कम्पनीले आफ्नो इलेक्ट्रीक र पेट्रोलियम पदार्थबाट चल्ने एसयूभीहरु छुट्टाउन लागेको हो ।

अहिले कम्पनीले बिक्री गर्दै आएको एक्सयूभी ७००, पहिलेको एक्सयूभी ५०० र बजारमै चल्तीको सब फोर मिटर एक्सयूभी ३०० लाई बीचमा ‘एक्स’ प्रयोग गरेर नाम दर्ता गरेको हो ।

‘एक्सयूभी वान एक्स ओ’ भने नयाँ सानो एसयूभी हुने अनुमान गरिएको छ । कम्पनीले प्रयो गरेको एक्सले इलेक्ट्रीकलाई सम्बोधन गर्न खोजेको देखिन्छ ।

कम्पनीले इलेक्ट्रीक कारको लाइन अप नै बनाएर काम गर्दै आएको छ । अहिले रहेका पेट्रोलियम पदार्थबाट चल्ने सबै एसयूभीहरु इलेक्ट्रीकमा आउने छन् । साथै, नयाँ बर्न इलेक्ट्रीक प्लेटफर्ममा पनि ईभी ल्याउने तयारी भइरहेको छ ।

महिन्द्राले सन् २०२४ देखि २०२७ सम्म योजनावद्ध तरिकाले इलेक्ट्रीक कारहरु बजारमा ल्याउने गरी काम गरिरहेको जनाएको छ ।


Back_to_top