सोलिड स्टेट ब्याट्रीमा आउँदै ‘एल-सिक्स’, रेन्ज १ हजार किमी

काठमाडौं । आगामी साता विश्वको पहिलो अल्ट्रा फास्ट सोलिड स्टेट ब्याट्री प्रयोग भएको कार उत्पादन सुरु हुने भएको छ । आइएम मोटर्सको ‘जिजी एल–सिक्स’ मोडलको सेडान कार अप्रिल ८ तारिखमा सार्वजनिक हुने भएको हो ।

गाडीको धेरै विषय बाहिर आएको छैन । तर, आइएमको नयाँ विद्युतीय सेडान कारमा १३० किलोवाट आवरको सोलिड स्टेट ब्याट्री रहने छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा एक हजार किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

सोलिड स्टेट ब्याट्री टेक्नोलोजी हाइभोल्टेड ब्याट्री टेकमा नयाँ इनोभेशन मानिएको छ । यो ब्याट्रीमा परम्परागत ब्याट्रीमा हुने जेल इलेक्ट्रोलाइटको सट्टामा सोलिड इलेक्ट्रोलाइट प्रयोग भएको हुन्छ । सोलिड इलेक्ट्रोलाइटले ब्याट्रीको इनर्जी डेन्सीटी बढाउनुको साथै ब्याट्रीको सुरक्षा समेत धेरै हुन्छ ।

विश्वका ठूला अटोमोवाइल कम्पनीहरु टोयोटा तथा ठूला ब्याट्री कम्पनीहरु सीएटीएल र बीवाइडी पनि उक्त टेक्नोलोजीको विकासमा लागि परेका छन् ।


Back_to_top