काठमाडौं । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ ।
अटोमोबाइल क्षेत्रमा वातावरणमैत्री रूपान्तरणको लहर चलिरहेको बेला ओमोडाले युरोपको स्पेनबाट आफ्नो उत्पादन थाल्ने भएको हो ।
गत अप्रिल १९ मा स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज-कास्टेजन’को उपस्थिति ओमोडाले आफ्नो पहिलो युरोपेली फ्याक्ट्री प्लान सार्वजनिक गरेको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयूभी ओमोडा ई५ को स्पेनिस बजारमा सार्वजनिक गरिए सँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।
नेपालमा गत फेब्रुअरीमा ओमोडा ई ५ सार्वजनिक गरिएको थियो । यो कार अत्याधुनिक इलेक्ट्रीक टेक्नोलोजी, इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनमा छ ।
एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एण्ड जेइको अटोमोबाइलको नेपालको लागि आधिकारिक वितरण हो ।


