टेस्लाले अटो पाइलटको परीक्षण अझै केही वर्षसम्म गर्नुपर्ने

काठमाडौं । अमेरिकी अटोमोबाइल सुरक्षा नियामक संस्थाले टेस्लाको अटोपाइलट अझै केही वर्षसम्म परीक्षण गर्नुपर्ने बताएको छ ।

नेशनल हाइवे ट्राफिक सेफ्टी एड्मिनीस्ट्रेसनले टेस्लाको अटोपाइलटको परीक्षण अझै केही वर्ष गर्नु पर्ने आदेश दिएको हो ।

ट्राफिक सेफ्टी एड्मिनीस्ट्रेसनले टेस्लाको सफ्टवेरमा समस्या आएपछि डिसेम्बरमा गरेको रिकलको समेत परीक्षण गरिरहेको छ ।

टेस्लाले अटोपाइलको नयाँ प्रविधि ओभर द एयर अपडेट गरेपछि २० भन्दा बढी दुर्घटना भएका थिए । नियामकका अनुसार बाटोमा गुडिरहेका २० लाखभन्दा बढी टेस्लाहरू जाँचको दायरामा रहेका छन् ।

ट्राफिक सेफ्टी एड्मिनीस्ट्रेसनले गरेको अध्ययन अनुसार टेस्लाको अटोपाइलट पर्याप्त रुपमा ढुक्कसँग प्रयोग गर्न नसकिने रहेको छ । उसका अनुसार टेस्लाको कमजोर ड्राइभर इन्गेजमेन्ट सिस्टमले अटोपाइलटको ‘परमिसिब ओपरेटिङ क्यापाबिलिटी’को लागी उपयुक्त छैन । जसको कारण चालकको अपेक्षा र सिस्टमको वास्तविक क्षमताको बीच एक गम्भीर सुरक्षा अन्तर पैदा हुन्छ ।


Back_to_top