काठमाडौं । कावासाकीले भारतीय बजारमा भर्सेज ३०० सार्वजनिक गर्ने भएको छ । एक अनलाइन रिपोर्टका अनुसार यो वर्षको अन्त्यसम्ममा भारतमा कावासाकी भर्सेज एक्स ३०० सार्वजनिक हुनेछ ।
भर्सेज एक्स ३०० कम्पनीले भारतमा नै उत्पादन गरेको यो तेस्रो मोटरसाइकल हुने भएको छ । यसअघि कम्पनीले भारतमा निन्जा ३०० र डब्ल्यूपी १७५ भारतमा नै उत्पादन गरिसकेको छ ।
हालैमात्र भारतमा भर्सेज एक्स ३००को परीक्षण भइरहेको तस्बीर बाहिर आएको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यो मोटरसाइकल कम्पनीले भारतमै उत्पादन गरेको हो । यो मोटरसाइकल बीएस ६ फेज टूमा आधारीत हुनेछ ।
भर्सेज एक्स ३०० अफरोड एड्भेन्चर मोटरसाइकलको अगाडि अग्लो विन्डस्क्रीन, चौडा ह्यान्डलबार, मस्कुलर फ्यूल ट्याङ्की, सिंगल पिस सिट देख्न सकिन्छ ।
विभिन्न एसेसरिजहरू प्रयोग गर्न सकिने यो मोटरसाइकलको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको स्पोक ह्वील देख्न सकिन्छ ।
यो मोटरसाइकलमा निन्जा ३०० मा जस्तै २९६ सीसी प्यारलल ट्वीन सिलिन्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध हुनेछ । यसले ३९ पीएस पावर तथा २६.१ एनएम टर्क उत्पादन गर्छ ।
कम्पनीले यसको फिचर पुरानो भर्सनको तुलनामा नयाँ अपडेट नगर्ने अनुमान गरिएको छ । यसमा कम्पनीले कनेन्ट फिचरसहितको सेमी डिजिटल कन्सोल दिने अनुमान गर्न सकिन्छ । पुरानो मोडलको मूल्य ४ लाख ६९ हजार रुपैयाँ (एक्स शोरुम) रहेको छ । यो मोटरसाइकल भारतमै उत्पादन हुने भएकाले मूल्य ४ लाख हारहारी हुने अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलले रोयल इनफिल्ड हिमालयन तथा केटीएम ३९० सँग प्रतिस्पर्धा गर्नेछ ।


