‘इन्डिया मेड’ कियाको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल अप्सनमा आउने

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले भारतमा बनाउने नयाँ क्लाभिस एसयूभी सड इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा आउने भएको छ । कम्पनीले भारतीय सडकमा परिक्षण गरिरहेको उक्त एसयूभी २०२४ को अन्तिममा बजारमा आउने भएको हो ।

किया क्लाभिस साइजको आधारमा टाटा पन्च र हुन्डाई एक्सटरसँग प्रतिस्पर्धा गर्ने बताइन्छ । यद्यपि, कम्पनीले अहिलेसम्म कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।

भारतमा ईभीको माग ठूलो संख्यामा हुन नसकेको र निकट भविष्यमा नै बढ्न सक्ने भएको कारण कोरियन निर्माताले ईभीलाई पनि प्राथमिकतामा राखेर बजारमा ल्याउन लागेको हो । यहि सेग्मेन्टमा टाटाले पन्चलाई इलेक्ट्रीक र आईसीइ दुबै इन्जिन अप्सनमा बजारमा उतारेको छ ।

हुन्डाई एक्टर अहिले आईसीइ इन्जिनमा मात्र रहेको छ । हुन्डाईले एक्सटरलाई इलेक्ट्रीक अप्सनमा सन् २०२५ सम्ममा लन्च गर्ने अनुमान गरिएको छ ।

कियाले क्लाभिसलाई माइक्रो एसयूभीको प्रिमियम सेग्मेन्टमा उतार्ने अनुमान गरिएको छ । स्पाई सटमा देखिए अनुसार क्लाभिसमा फुल एलइडी लाइट, एडास सिस्टम, प्यानारोमिक सनरुफ, डिउल होरिजेन्टल १०.२ इन्चको स्कृन रहने छ ।

कियाले सडक परिक्षण गरिरहेको भएता पनि यसको टेक्नीकल डिटेल्सका बारेमा कुनै पनि जानकारी दिएको छैन ।


Back_to_top