दुई नयाँ स्पोर्टी स्कुटर ल्याउँदै हिरो

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले इक्मा अटो शो २०२३ मा प्रर्दशन गरेको दुई नयाँ स्कुटर भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीले हिरो जुम १६० र जुम १२५ आर गरी दुई नयाँ मोडलका स्कुटर भारतीय बजारमा ल्याउने भएको हो ।

कम्पनीले २०२४ को अन्त्यसम्ममा जुम १२५ आर ल्याउने तयारी गरेको हो ।

त्यस्तै, हिरो मोटोकर्पले जुम १६० भने २०२५ को अन्त्यसम्ममा ल्याउने बताएको छ ।

कम्पनीले हालै भारतमा सम्पन्न हिरो वर्ल्ड २०२४ मा यी दुबै स्कुटर प्रदर्शन गरेको थियो । स्पोर्टी एड्भेन्चर डिजाइन रहेका जुम १६० स्कुटरमा १५६ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ८००० आरपीएममा १४ ब्रेकहर्स पावर र ६५०० आरपीएममा १३.७ एनएमको टर्क जेनेरेट गर्छ ।

१४१ किलोग्राम तौल रहेको जुम १६० स्कुटर आई ३ एस स्टप स्टार्ट टेक्नोलोजी निर्माण भएको हो । यसमा टेलिस्कोपिक फर्क, ट्वीन सक अब्जर्बार सेटअप र १४ इन्चको अलोय ह्वीलसँगै डुअल पर्पोज ट्युबलेस टायर दिइएको छ ।

एड्भेन्चर डिजाइनमा रहेको यस स्कुटरमा किलेस इग्निसन, फुल्ली डिजिटल ड्यास बोर्ड, रिमोट सिस्टम सीट, स्प्लीट एलईडी हेडलाइट जस्ता फिचर रहेका छन् ।

त्यस्तै, जुम १२५ आरमा १२४.६ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ९।५ ब्रेकहर्स पावर र १०.१४ एनएमको टर्क जेनेरेट गर्नेछ ।

यस स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेशन अलर्ट सिस्टम भएको डिजिटल ड्यास बोर्ड र एलईडी इन्डिकेटर दिइएको छ ।


Back_to_top