महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार हस्तान्त्रण

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक अग्नी ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी संचालन गरेको ‘महिन्द्रा उत्सव २०२३’ को विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरेको ट । कम्पनीले यस योजना अन्तर्गतका विजेताहरुको नामावली लक्की ड्र मार्फत गत २०८० चैत्र ६ मा विजेता घोषणा गरेको थियो ।

जसमा विरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रीक तीन पाँग्रे रिक्सा-ट्रियो यारी, विर्तामोड निवासी मिसेक फयाकले जावा फोर्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका थिए ।

विजेताहरुलाई स्थानिय स्तरमा नै कार्यक्रम गरेर उपहार हस्तान्त्रण गरिएको कम्पनीले जनाएको छ ।

नेपालको अटोमोबाइल र ट्रयाक्टरहरूको बजारमा कृषक तथा ग्राहकहरुको आवश्यकता अनुसारका उत्पादन बिक्री गर्दै आएको अग्नी ग्रुपले ‘महिन्द्रा उत्सव’ योजना २०७६ देखि निरन्तर गर्दै आएको छ । आगामी दिनहरुमा पनि ग्राहकहरुको लागि यस्तै विशेष योजनाहरु लिएर आउने कम्पनीले जनाएको छ ।


Back_to_top