सबै किसिमका सार्वजनिक यातायात निःशुल्क गर्ने पहिलो देश !

संसारभर हरेक देशमा आफ्ना नागरिकलाई बिभिन्न सेवा सुविधा दिने होडबाजी चल्ने गरेको छ । त्यसमा पनि युरोपियन देशमा त झनै प्रतिस्पर्धा हुनु स्वभाविक हो । 

यही होडबाजीमा लक्जेम्बर्गले आफ्ना नागरिकलाई ६ महिना भित्र निःशुल्क सार्वजनिक यातायात उपलब्ध गराउने भएको छ ।

कुनैपनि स्थानमा जान आउनको लागि सहरका बस र ट्रेनमा कुनै किसिमको भाडा तिर्नु पर्ने छैन । उक्त घोषणा बुधबार प्रधानमन्त्रीमा सफथग्रहणको क्रममा जेवियर बेटलले घोषणा गरेका हुन् । 

प्रधानमन्त्री बेटलले चुनावी सभाहरुमा नै सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेका थिए । उद्यपी लक्जेम्बर्गको राजधानी लक्जेम्बर्ग सिटीलाई संसारकै खराब ट्राफिक ब्यवस्था भएको मध्यमा पर्ने सहर भनिन्छ ।

करिब १ लाख १० हजार जनसंख्या रहेको लक्जेम्बर्ग सहरमा कामको लागि ४ लाख जनसंख्या आउने गरेका छन् । ६ लाख जनसंख्या रहेको यस देशमा २० वर्षभन्दा कम उमेरका बच्चाको लागि यसअघि नै फ्रि–ट्रान्सपोर्ट सुविधा उपलब्ध हुँदै आएको छ । 

यो देश घुम्नजाने जो कोहीको लागि यहाँ ट्रान्सपोटेशनमा खासै खर्च गर्नु पर्दैन । अब प्रधानमन्त्रीले सन् २०२० सम्ममा यातायातको क्षेत्रमा कुनैपनि किसिमको टिकेट सिस्टम नरहने घोषणा गरेका छन् । 


Back_to_top