दुर्घटनाको बढ्दो कहर, एघार महिनामै ७ हजार ५ सय जना घाइते (भिडियो रिपोर्ट)

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ८ हजार ४५९ सडक दुर्घटना भएका छन् । चालु आवको साउनदेखि जेठ मसान्तसम्मको अवधिमा देशभर उक्त संख्यामा दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो ।

हरेक वर्ष बढ्दो दुर्घटना न्यूनिकरण गर्न सरकारी तबरबाट कुनै ठोस काम हुन सकेको छैन । ११ महिनामा भएको दुर्घटना परेर १६० जनाले ज्यान गुमाएका छन् । यी दुर्घटनामा २७० जना गम्भिर घाइते भएका छन् ।

समान्य घाइतेका संख्या ७ हजार ४६५ जना छन् । बढ्दो दुर्घटनाको कारणहरु पहिल्याउन कुनै ठोस काम भएको छैन । तर, ट्राफिक प्रहरी रिपोर्टको अनुसार मानविय त्रुटीले सबैभन्दा बढी दुर्घटना भएका छन् ।

चालकको अनुषासन, लाइसेन्स प्रक्रियामा त्रुटी, यान्त्रीक गडबढी जस्ता कारण पनि दुर्घटना बढ्दै गएको छ । विना लाइसन्स, विना अनुभवन र कम उमेरकै व्यक्तिहरुले पनि सवारी साधन चलाइरहेको हामीले पाएका छौं । यस्ता चालकको कारण दुर्घटना बढ्दै गएको छ ।

यहाँ उठाउनु पर्ने अर्को बिषय पनि छ । त्यो हो लाइसन्स वितरण प्रक्रिया । आठमा गाडी वा मोटरसाइकल घुमाउनै जानेको कारण लाइसेन्स दिँदा दुर्घटना बढ्दै गएको हो ।

केबल १० मिनेट खाली ठाँउमा राखेर ट्रायल लिएर दिइने लाइसन्सले सडकमा सवारी साधन चलाउन जान्ने कमै हुन्छन् । लाइसन्स भएर पनि सवारीसाधन राम्रोसँग गुडाउन नजान्दा र ट्राफिक नियमको ज्ञान कम हुँदा दुर्घटना बढी रहेको देखिन्छ ।


Back_to_top