काठमाडौं । गत वर्ष नेपाली बजारमा भित्रिएको भारतीय इलेक्ट्रीक स्कुटर ब्राण्ड एथरले आगामी भदौमा हुने नाडा अटो शोमा भाग लिने भएको छ ।
कम्पनीले भारतीय बजारमा हालै बिक्री सुरू गरेको नयाँ एथर रिज्टा स्कुटर नाडा अटो शो २०२४ मा प्रर्दशर्न गर्ने भएको हो ।
एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्य्ज इनर्जीले फ्यामिली स्कुटर रिज्टा सार्वजनिक गर्ने योजना बनाएको हो ।
नेपालमा इलेक्ट्रीक स्कुटर बिक्रीमा आक्रमक देखिएको कम्पनीले एथर ४५० एसको डेलिभरी दिने तयारी गरिरहेको छ । कम्पनीले अहिले ४५० एसको बुकिङ लिइरहेको छ ।
कम्पनी स्रोतका अनुसार पहिलो पटक सहभागी हुन लोगेको एथरले नयाँ स्कुटर ल्याउने लागेको हो । नेपालमा तयारी भइरहेको छ भने एथर इन्डियाले अप्रुभल दिएको अवस्थामा एथर रिज्टा अटो शोमा नेपाल आउने छ ।
यस्तो छ रिज्टा
एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट रिज्टाको टप भेरियन्ट हो । कम्पनीले भारतीय बजारमा रिज्टा एसको मूल्य १ लाख १० हजार भारु, रिज्टा जेड २.९ किलोवाटको १ लाख २४ हजार र रिज्टा जेड ३.७ किलोवाटको १ लाख ४४ हजार भारतीय रुपैयाँ मूल्य तोकेको छ ।
एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ ।
रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

