काठमाडौं । एनआईयू इलेक्ट्रीक मोटरसाइकल नेपाल आउने भएको छ । एनआईयू आरक्यूआई स्पोर्टस् नाडा अटो शो २०२४ मा सार्वजनिक गर्ने भएको हो ।
एनआईयू इलेक्ट्रीकको नेपालका लागि इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकेर सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले मूल्यसूची जारी गर्दै एनआईयू आरक्यूआई स्पोर्टस्को मूल्य सार्वजनिक गरेको हो ।
नेपालमा सुरुवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको कम्पनीले ७.५ किलोवाट मोटर क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल ल्याउने आफ्नो सोसल मिडियाबाट जानकारी दिएको छ ।
यसमा ५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध रहेको छ । यसमा रहेका व्याट्रीलाई ४ घन्टा लगाएर चार्ज गर्न सकिन्छ भने फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड १०० किलोमिटर क्षमता रहेको छ ।
यो मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता फिचर उपलब्ध छन् । यसमा सबै एलइडी लाईट, डबल डिस्क ब्रेक, कि-लेस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।


