काठमाडौं । रेनोले कमव्याक गर्न लागेको डस्टर ७ सिटर एसयूभी हुने भएको छ । आगामी महिना फ्रान्समा आयोजना हुने ‘पेरिश अटो शो’मा ७ सिट क्षमताको डासिया बिगस्टर (रेनो डस्टर) लन्च हुने भएको हो ।
रेनोले भारतमा डासिया बिगस्टरलाई डस्टर नामबाट उत्पादन गर्नेछ । नयाँ एसयूभी सीएमएफ बी प्लेटफर्ममा बनेको हो । यसको केहि बडी प्यानल, सिट, ड्यासबोर्ड, स्टेरिङ ह्वील तथा मेकानिकल पाट्सहरु डस्टरबाट लिएको छ ।
नयाँ थ्रिरो एसयूभी ४६०० एमएम लम्बाई लामो हुनेछ । यसअघि बजारमा रहेको डस्टरभन्दा ७ सिट क्षमताको डस्टर ३०० एमएमले लामो हुनेछ ।
रेनोले नयाँ डस्टर एसयूभीमा १.२ र १.६ लिटरको टर्बो पेट्रोल इन्जिन अप्सन दिनेछ । नयाँ डस्टर ४ बाई २ र ४ बाई ४ ड्राइभिङ अप्सनमा आउने छ । यसमा अटो, मड, स्याण्ड, स्नो, अपरोड तथा इको गरी मल्टी ड्राइभिङ मोड उपलब्ध हुनेछ ।
भारतीय बजारमा कम्प्याक्ट एसयूभीको लहर ल्याएको डस्टरको सेकेण्ड इनिङ आगामी बर्षको सेकेन्ड हाफबाट सुरु हुनेछ ।


