बीवाइडीले ल्यायो ‘बडा चाड’ अफर

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले बडा चाड अफर ल्याएको छ । कम्पनीले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै बडा चाड अफर ल्याएको हो ।

कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने दुई मोडल एटो-३ र डल्फीन किन्ने ग्राहकलाई तीन कुरा अफर गरेको छ । कम्पनीले गरेको अफर अनुसार अहिले एटो-३ र डल्फीन किन्ने ग्राहकले एक वर्षको बीमा, भेहिकल टु लोड केवल र २.३ किलोवाटको ट्राभल चार्जर पाउने छन् ।

कम्पनीले नगद छुटको स्कीम भने दिएको छैन । बीवाइडीका डल्फीन र एटो-३ दुबै नेपालमा निकै रुचाइएका मोडल हुन् । डल्फीन ह्याचव्याकको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै एटो-३ को मूल्य एड्भान्स मोडलको ५६ लाख ९० हजार र सुपेरियर मोडलको ६७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

साइमेक्स इंकले डल्फीन र एटो-३ को २०२४ मोडल अहिले बिक्री वितरण गर्दै आएको छ । अफर बारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top