काठमाडौं । एयरबस विश्वको सबैभन्दा ठूलो कमर्शियल हवाइजहाज कम्पनी हो । दशकौँ अघिदेखि एयरलायन्स उद्योगमा चल्दै आएको कथन ‘इफ इट इज नट बोइङ, आई एम नट गोइङ’ भन्ने भाष्यलाई एयरबसले परिवर्तन गर्न सफल भएको हो ।
युरोपीयन देशहरु मिलेर बनाएको विश्वको उत्कृष्ट जहाज कम्पनी एयरबसको नेतृत्व फ्रान्सले गरिरहेको छ । युरोपका सबै देशहरुमा एयरबस जहाजको लागि आवश्यक पर्ने विभिन्न पाट्सहरु बने पनि फ्रान्सको टुलुसमा एयरबसको फाइनल एसेम्बली हुने गर्छ । एयरबस सबैभन्दा पहिला फ्रान्सको आकाशमा हावा खाँदै विश्वभरको आकाशमा उडिरहेको छ ।
युरोपको यहि एयरबसको सफलतालाई फ्रान्सका राष्ट्रपति इमानुल म्याक्रोनले कार उद्योगमा पनि खोजिरहेका छन् । फ्रान्सको लगानी रहेको युरोपीयन दुई ठूला अटोमोवाइल ग्रुप रेनो र स्टेलान्टीस मर्ज गर्ने महत्वकांक्षी योजनामा उनले छलफल सुरु गराएको मिडियाहरुले आफ्नो रिपोर्टमा दावी गरेका छन् ।
फ्रेन्च सरकारको युरोपियन अटोमोवाइल ग्रुप रेनोमा १५ प्रतिशत र स्टेलान्टीसमा ६.१ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैले पनि उनि एउटा ठूलो कार कम्पनी बनाउन खोजिरहेका छन् ।
म्याक्रोनले नयाँ कम्पनीको हेडको रुपमा रेनोका सीईओ लुका डे मेयोलाई प्रोजेक्ट गरेको खबरहरु बाहिर आइरहेको छ । म्याक्रोनको यो प्रस्तावलाई स्टेलान्टीसका प्रेसिडेन्ट जोन एल्कनले सपोर्टसमेत गरको दावी गरिन्छ ।
मिडीया रिपोर्टहरुको अनुसार फ्रेच सरकारको चाहना बमोजिम नै स्टेलान्टीस र रेनाका टप एक्जुकेटीभ बीच केही मिटीङहरु समेत भएका छन् । यी दुई ग्रुप मिलेपछि नयाँ अटोमोटीभको सुपर पावर बन्नेछ । यो नयाँ ग्रुपमा अर्को कम्पनी बीएमडब्लूसमेत थपिन सक्ने अनुमान गरिएको छ । यदि, म्याक्रोनको यो महत्वाकांक्षी योजना पुरा हुने हो भने युरोपको लिडिङ कार उत्पादक कम्पनी फक्सवागेन ग्रुपलाई पछिपार्ने पक्का छ ।
फ्रेन्च सरकारको भित्री उद्देश्य भने विश्वको नम्बर १ कार उत्पादक रहेको टोयोटालाई पछाडि पर्नु हुनेछ । तर, अहिले आइरहेका खबरलाई रेनोका सीईओ लुका डे मेयो र स्टेलान्टीसका सीईओ कार्लोस टावरेस दुबै स्विकार गरेका छैनन् ।
यी तीनैवटै कम्पनीका माथिल्ला पदमा बसेर काम गर्नेहरु बीचभने आगामी सोमबारबाट सुरु हुने ‘पेरिस अटो शो २०२४’मा भेट हुनेछ ।


