सुजुकी स्वीफ्टले क्र्यास टेष्टमा पायो ‘वान स्टार रेटिङ’

काठमाडौं । मारुती सुजुकी स्वीफ्ट भारतमा उत्पादन हुने सफल मोडल हो । चौथो जेनेरेसन मोडललाई सुरक्षीत बनाउन कम्पनीले यसमा एडास लगायतका फिचर दिएपनि क्र्यास टेष्टमा खराव रिजल्ट आएको हो ।

स्वीफ्टको भारत एनक्याप टेष्ट रिपोर्ट बाहिर आएको छैन । तर, अष्ट्रेलियन एनक्यापमा भएको टेष्ट रिपोर्ट भने सार्वजनिक भएको हो । एडास फिचर भएको चौथो जेनेरेसन स्वीफ्टले सबै किसिमको टेष्टमा कमजोर प्रदर्शन गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

कारले एडल्ट प्यासेन्जरको सुरक्षामा ४७ प्रतिशत अंक पाउँदा चाइल्ड यात्रु सुरक्षामा ५९ प्रतिशत, पैदल यात्रु सुरक्षामा ७६ प्रतिशत, सेफ्टी एसिस्टेन्स फिचरमा ५४ प्रतिशत अंक पाएको हो । त्यसैले यसलाई अष्ट्रेलियन एनक्यापले वान स्टार रेटिङ दिएको छ ।

युरो एनक्यापमा भने नयाँ स्वीफ्टको यही भेरियन्टले ५ स्टार रेटिङ पाएको छ । युरो एनक्यापमा एडल्ट प्यासेन्जर सुरक्षामा ६७ प्रतिशत, चाइल्ड सुरक्षामा ६५ प्रतिशत, पैदल यात्रु सुरक्षामा ७६ प्रतिशत र सेफ्टी एसिस्टेन्समा ६२ प्रतिशत अंक हासिल गर्दै थ्री स्टार रेटिङ पाएको थियो ।

भारत एनक्यापले यही प्लेटर्फमा बनेको चौथो जेनेरेसन स्वीफ्ट डिजायरलाई ५ स्टार रेटिङ दिएको थियो । अब रोचक भारत एनक्यापमा स्वीफ्टको क्र्यास टेष्ट रिपोर्ट कस्तो आउँछ, त्यो हेर्न हुने देखिन्छ ।

चौथो जेनेरेसन स्वीफ्ट नेपालमा पनि बिक्री हुँदै आएको मोडल हो । नाडा अटो शो २०२४ बाट बिक्री भएको स्वीफ्ट अहिले धेरै राम्रो बिक्री नभएपनि सबै जेनेरेस मिलाउँदा निकै सफल ह्याचव्याक मोडल हो ।


Back_to_top